RaraNews

कर्ण चन्द प्रकाशित : २०७६/१/२५ गते
७२ पटक

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनस्र्थापनाका लागि निर्माण गरिएको बस्ती सुनसान छ । पुस्तौँदेखि अर्काको घरमा हलो जोतेका १८ परिवारका लागि बनाइएको बस्तीमा अहिलेसम्म कोही पनि बसेका छैनन् । सरकारले ०६४ सालमा हलिया मुक्तिको घोषणा गरेको थियो ।

पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा १८ र दिपायल सिलगढी नगरपालिका–७ मा १२ गरी ३० मुक्त हलियाका परिवार पुनस्र्थापनाका लागि बस्ती बनाइएको छ । प्रतिपरिवार पाँच लाख २५ हजार रुपैयाँ लगानी भए पनि हालसम्म उनीहरू पुरानै घरमा बस्दै आएको मुक्त हलिया समाजका पूर्वअध्यक्ष डम्मर विकले बताए । ‘सिलगढीको बस्तीमा केही परिवार बसेका छन्, तर बगलेक भने रित्तो छ,’ उनले भने । ३० परिवारका लागि सरकारले एक करोड ५७ लाख ५० हजार लगानी गरे पनि हलिया भने पुर्जा नभएको जमिनमा बस्दै आएका छन् ।

व्यक्तिगत रूपमा मुक्त हलियाले बनाएका घर मापदण्डअनुसारकै छन् । तर, सामूहिक बस्ती निर्माण गर्दा भने व्यापक अनियमितता देखिएको छ । जंगलमा बस्ती बसाइएको छ । सरकारले यसै वर्ष पुनस्र्थापना गरिसक्ने बताए पनि प्रभावकारी कार्यान्वयन नहुँदा वास्तविक मुक्त हलिया पुनस्र्थापना हुनेमा सरोकारवालाले शंका गरेका छन् । सामूहिक बस्तीमा घर रहेकी एक मुक्त हलिया चन्नरी कोलीले भनिन्, ‘सरकारले घर त निर्माण ग-यो, तर पानी र बिजुली छैन, बस्न सक्ने अवस्था नै छैन । हामीलाई यहीँ जग्गा किन्नुपर्छ भनियो, गाडीमा लगेर जहाँ औँठाछाप ठोक भने, हामीले त्यही ग-यौँ ।’
जंगलमा बस्ती
हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार नजिकै भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । तर, बस्ती बगलेकको जंगलमा बसाइएको छ । आफूहरूको पुनस्र्थापना नगर्ने उद्देश्यले बगलेकको जंगलमा बस्ती राखिएको सायल गाउँपालिका–३ तोनेलीका अध्यक्ष गोरख सार्कीले बताए । ‘हलियाहरूलाई हिजोकै अवस्थामा राख्न षड्यन्त्र भएको हो, यो काममा संलग्न सबैलाई कारबाही हुनुपर्छ,’ उनले भने ।

कर्मचारी अभावले जिल्लाभरि मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनीलसागर जोशीले बताए । ‘हामी थोरै कर्मचारी छौँ, त्यसैले प्रत्येक घरको अनुगमन गर्न सकिने अवस्था छैन,’ जोशीले भने, ‘हामी स्थानीय तहको सिफारिस तथा प्राविधिकले मूल्यांकन गरेर पठाएको कागजलाई विश्वास गछौँ र भुक्तानी गर्ने गछौँ ।’
ल कसरी किनियो जमिन ?

पूर्वीचौकी गाउँपालिका–२ बगलेक (बाटे ओखड) को जमिन खरिद प्रकरण रहस्यपूर्ण छ । ०७४ असारमा नमुना हलिया बस्ती बसाउन अन्तिम तयारी भइरहेको अवस्थामा आर्थिक चलखेल भएको समाचार नयाँ पत्रिकाले अडियो प्रमाणसहित प्रकाशित गरेको थियो । त्यसपछि जग्गा खरिदका लागि काटिएको ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरियो ।

हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको सो जमिन ०७५ असारमा फेरि १८ जनाले व्यक्तिगत रूपमा खरिद गरी पास गरिएको छ । मुक्त हलिया बस्दै आएको ठाउँबाट एक घन्टाको दूरीमा रहेको जमिन उपयुक्त ठाउँमा नरहेको जानकारी हुँदाहुँदै पनि खरिद गर्नु र पहिले विवाद उत्पन्न भएको ठाउँको कार्यालयले फेरि स्वीकृत दिनुले संशय पैदा गरेको छ । ‘जग्गा लिने र दिनेका बीचमा सहमति भयो भने हामीले केही भन्न मिल्दैन,’ मालपोत कार्यालयका प्रमुख जोशीले भने, ‘कार्यविधिमा विकासका न्यूनतम पूर्वाधार हुनुपर्छ भन्ने मान्यता हो, तर बाध्यकारी छैन ।’

मापदण्डअनुसार बनेनन् घर
बस्तीमा एउटा घर पनि मापदण्डअनुसार बनेका छैनन् । बस्तीमा बनाइएका घर जस्तापाताले छाइएको छ । घर भुइँतले मात्र छन् । उचाइ सात फिट पनि छैन । बगलेकमा स्तरीय घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको मालपोत कार्यालय डोटीका प्रमुख जोशीले स्वीकार गरे । ‘म आफैँले हेर्न पाएको छैन, तर घर खासै राम्रो नबनेको भन्ने सुनेको छु,’ उनले भने ।

दुईकोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिएका छन् । जग्गा खरिदका लागि दुई लाख र घर निर्माणका लागि तीन लाख २५ हजार रुपैयाँ दिइए पनि घर निर्माण गर्दा एक लाख मात्र खर्च गरेको एक हलियाले बताए । ‘हामीले घर बनाउन एक लाख लगानी ग¥यौँ, केही सकियो, केही अझै बाँकी छ,’ उनले भने ।

बस्तीमा निर्माण गरिएका घरको झ्यालढोकासमेत नभएको मुक्त हलिया समाजका पूर्वअध्यक्ष विकले बताए । ‘त्यहाँका घर बिजोगपूर्ण अवस्थामा छन्, मैले प्रमुख जिल्ला अधिकारीलाई गम्भीरतापूर्वक लिनुप-यो भनेको छु,’ उनले भने । हलिया पुनस्र्थापना कार्यदलको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ ।

कर्ण चन्दले लेख्नु भएको यो समाचार हामीले नयाँ पत्रिका दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्
  • बारपाकका दलित बस्ती पालमुनि

    गोरखा । भूकम्पको केन्द्रविन्दु बारपाकको दलित बस्तीका बासिन्दा अझै पालमुनि छन्। भूकम्पपछिको पहिरोले घरबारी लगेपछि थातथलो छाडेर आरसीयूपीको भवन आसपास बस्न...

    जेठ ६, २०७६
  • विकले परियार विहे गर्दा दलित जनप्रतिनिधिबाटै बहिष्कार

     दलितले गैर दलित विहे गर्दा समाजबाट बहिस्कारदेखि अपमान खेप्नुपरेका समाचार नयाँ होइनन् । तर दलित केटा र दलित केटीबीच विहे...

    बैशाख २२, २०७६
  • जनप्रतिनिधिबाटै कुटिए दलित

    सप्तरी । विवाह गरेको दुई दिन नबित्दै प्रेमीका लिएर भागेका एक युवकका कारण सप्तरीमा आधा दर्जनभन्दा बढी दलित कुटिएका छन्। वडाअध्यक्षको...

    बैशाख २६, २०७६
  • व्यवस्थापन समिति अध्यक्षकै घरमा कुटिए दलित प्रधानाध्यापक

    म्याग्दी । धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष...

    बैशाख १९, २०७६
  • जसको पानी चल्दैन…

    विराटनगर । मोरङको जहदा गाउँपालिका–३, जयरामपुरका घुरण ऋषिदेवकी छोरी रनियाकुमारी र स्थानीय सन्थाल समुदायका लालो मुर्मुले प्रेमविवाह गरे । तल्लो जातिसँग बिहे...

    जेठ ७, २०७६
  • छुवाछुतको अँध्यारो तस्बिर

    हाम्रो समाजले निर्माण गरेको भष्मासुर हो, जातीय विभेद र छुवाछुत । महाकाली मेची पदयात्राका क्रममा भेटिएका सयौँ तथ्य एवं दृष्टान्तले यसको...

    बैशाख १८, २०७६
  • पोखरामा प्रभातफेरी गरेर विश्व स्वच्छ व्यवसायी दिवस मनाइने

    विश्व स्वच्छ व्यवसायी संगठनको आह्वानमा नेपालमा पनि विश्व स्वच्छ व्यवसायी दिवस विभिन्न कार्यक्रम गरी मनाईदै आएको छ । स्वच्छ व्यवसायको...

    बैशाख २७, २०७६