RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/२७ गते
५२७ पटक

विश्व स्वच्छ व्यवसायी संगठनको आह्वानमा नेपालमा पनि विश्व स्वच्छ व्यवसायी दिवस विभिन्न कार्यक्रम गरी मनाईदै आएको छ । स्वच्छ व्यवसायको पर्वद्धन र आमनागरिकलाई यसबारे जानकारी दिने उद्देश्यले नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

‘फेयर ट्रेड इनोभेट्स’ भन्ने नाराका साथ वैशाख २८ गते शनिबार मनाइने यस दिवसको अवसरमा स्वच्छ व्यवसायी समूह नेपालले पोखरामा प्रभातफेरी गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै समूहले पोखरामा प्रभातफेरी गर्ने जानकारी दिएको हो । बिहान ८ बजे पोखरास्थित मानव अधिकार चोकबाट सुरु हुने प्रभातफेरी सभागृहमा पुगेर एक कार्यक्रमका माझ समापन गर्ने योजना छ । कार्यक्रममा प्रदेश ४ का उद्योग, पर्यटन, वन वातावरण मन्त्री विकास लम्सालको पनि उपस्थिति बताईएको छ ।

स्वच्छ व्यवसायले रोजगारीको सिर्जना गर्नुका साथै निर्यात पर्वद्धन, निम्न वर्गीय उत्पादकहरुको आर्थिक एवं सामाजिक उत्थानमार्फत गरिबी न्युनिकरणमा सहयोग पुर्याउँदै आएको छ । आर्थिक रुपले पिछडिएका उत्पादकहरुलाई विश्व बजारमा पुर्याउन सहयोग गर्नुका साथै सम्बन्धित सबैमा पारदर्शी एवं जिम्मेवार, उचित ज्याला भुक्तानी, भेदभावरहित लैंगिक समानता, क्षमता अभिवृद्धिलगायतका सिद्धान्तमा स्वच्छ व्यवसायले विश्वास गर्ने समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्
  • छुवाछूत गर्नेलाई कडा कारबाही : प्रधानमन्त्री

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । छुवाछूतविरुद्धको...

    जेठ २१, २०७७
  • कहिलेसम्म सहने विभेद ?

    सिद्धार्थ नेपाली नेपालमा दलितहरुको जनसंख्या झण्डै ७० लाख हराहारिमा रहेको विभिन्न संघसंस्थाले दाबी गर्दै आएका छन् । जसमध्ये धर्मका हिसाबले...

    जेठ २२, २०७७
  • हाम्रो नेपाल ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणाः औचित्य र व्यवहार

    रेमवहादुर विक आज जातीय छुवाछूत अन्त्य घोषणा भएको दिनमा शुभकामना र हर्ष व्यक्त गरिरहेको बेला त्यही विभेदका कारण पाँच जनाले...

    जेठ २१, २०७७
  • क्वारेन्टिनमा पनि जातिय विभेद

    गुल्मी । पछिल्लो चरण दलित समुदायमाथि जातिय विभेदका श्रृखलाबद्ध घटना भई रहँदा स्थानीय सरकारले नै स्थापना गरेको क्वरेन्टिनभित्र समेत जातिय विभेद...

    जेठ २०, २०७७
  • रुकुम घटनाको कल डिटेल खोज गरिँदै

    रुकुम घटनाको प्राविधिक अनुसन्धान पाटोलाई सघाउन प्रहरीको सिआइबीको टोली रुकुम प्रस्थान गरेको छ। प्राविधिक सामग्रीसहित दुईजनालाई सोमबार रुकुम पठाइएका हो।...

    जेठ २०, २०७७
  • नेपालको गणतन्त्र, दलित र ब्राम्हिण वर्चश्व

    रेमबहादुर विक नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको १२ वर्ष भयो । २०६३ जेष्ठ १५ गते संवैधानिक रुपमा हिन्दू सामन्तवादको...

    जेठ १९, २०७७
  • रुकुम घटना,सहिदको सपना र हाम्रो संकल्प

    ऋषि ‘आजाद’अहिले विशेषतः अभिजातहरु ‘दलित’ शब्दमा आत्म—सम्मान नभएको हुनाले यस शब्दलाई विस्थापित गरेर अरु शब्द राख्नुपर्ने विषयमा सामाजिक सञ्जाल तथा...

    जेठ २०, २०७७