RaraNews

जगदीश रोकाया प्रकाशित : २०७६/२/२ गते
६८ पटक

बझाङ । सशस्त्र द्वन्द्वको सुरुको वर्षमै रोल्पाको साविक जेलवाङ गाविसबाट विस्थापित एक परिवार अझै घर फर्कन सकेको छैन। यो परिवार २५ वर्षदेखि बझाङ सदरमुकाम चैनपुरमा गिट्टी कुटेर गुजारा गरिरहेको छ।

देशमा शान्ति सम्झौता भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि यो परिवार घर जाने खर्च जुटाउन नसकेर यतै छ। ८४ वर्षीय दलवीर दमाई र उनकी ५६ वर्षीया पत्नी विमा दमाई रहर हुँदाहुँदै पनि घर जान सकेका छैनन्।

चैनपुरको बाहुली खोलामा गिट्टी कुटिरहेको अवस्थामा भेटिएका दलवीरले भने- ‘मर्ने बेला आइसक्यो। गाउँमै गएर मर्ने रहर थियो तर खर्च नभएर परिवारलाई गाउँ लैजान सकिनँ।’

गाउँमा सिलाई कटाई गर्ने दलवीर दमाई तत्कालीन द्वन्द्वका बेला विद्रोही माओवादीका कपडा सिलाएको आरोपमा राज्य पक्षले यातना दिएपछि थातथलो छोडेर २०५१ सालमा विस्थापित भएका हुन्। ज्यान नै जानेसम्मको परिस्थिति आइलागेपछि दलवीर जहान परिवारसहित झोलीतुम्बा लिएर सुर्खेत नेपालगञ्ज हुँदै २०५४ सालमा बझाङ आएको उनी बताउँछन्।

ज्याला मजदुरी गरेर जीवननिर्वाह गर्दै आएका दलवीर दमाईको परिवारले घर छोडेको २५ वर्ष भयो। तर उनको स्मृतिमा गाउँको घर र खेतीपाती आइरहन्छ। ‘रोल्पामा खरले छाएको सानो घर थियो। खेतीपाती पनि थियो’, उनी सम्झन्छन्, ‘अहिले कस्तो भएको होला ?’

चैनपुरमा डेरामा बस्दै आएका दलवीर र विनासँग गाउँबाट आउँदा एक छोरा र एक छोरी थिए। तर जेठा पाँच वर्षअघि विरामी भएर बिते। छोरी पनि केही वर्षअघि आफ्नो बाटो लागिन्।

बझाङ आएपछि जन्मिएका छोरा छोरी ठूला भइसके। छोरा बाबुआमासँगै काम गर्छन् भने छोरीको यतै घरजम भइसकेको छ। विनाको हालसम्म नागरिता बनेको छैन। छोराको पनि नागरिता बनाउन बाँकी छ।

द्वन्द्वपीडितले राज्यबाट पाउने सेवा सुविधा पनि यो परिवारले पाउन सकेको छैन। सदरमुकाम चैनपुर बसेको यतिका वर्षसम्म पनि कसैले घर फर्कन पहल नगरिदिएको उनको गुनासो छ।

रोल्पा घरजान टिकट खर्च, भत्केको घर मर्मत, आवश्यक भाँडाकुँडा र लत्ताकपडा जोहो गर्ने ५०/६० हजार खर्च जुटाउन सके जहान परिवारसहित घर जाने उनको योजना छ।

तर यतिको खर्च जुटाएर गाउँ फर्किन्छु भन्ने उनलाई लागेको छैन। ‘मेरो नामको सानो जमिन छोराको नाममा नामसारी गर्न मन छ’, उनी इच्छा सुनाउँछन्, ‘घर जानै नपाएरै मरिने हो कि भन्ने चिन्ता छ।’

जगदीश रोकायाले लेख्नु भएको यो समाचार हामीले अन्नपूर्णपोष्ट दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्
  • बारपाकका दलित बस्ती पालमुनि

    गोरखा । भूकम्पको केन्द्रविन्दु बारपाकको दलित बस्तीका बासिन्दा अझै पालमुनि छन्। भूकम्पपछिको पहिरोले घरबारी लगेपछि थातथलो छाडेर आरसीयूपीको भवन आसपास बस्न...

    जेठ ६, २०७६
  • विकले परियार विहे गर्दा दलित जनप्रतिनिधिबाटै बहिष्कार

     दलितले गैर दलित विहे गर्दा समाजबाट बहिस्कारदेखि अपमान खेप्नुपरेका समाचार नयाँ होइनन् । तर दलित केटा र दलित केटीबीच विहे...

    बैशाख २२, २०७६
  • जनप्रतिनिधिबाटै कुटिए दलित

    सप्तरी । विवाह गरेको दुई दिन नबित्दै प्रेमीका लिएर भागेका एक युवकका कारण सप्तरीमा आधा दर्जनभन्दा बढी दलित कुटिएका छन्। वडाअध्यक्षको...

    बैशाख २६, २०७६
  • व्यवस्थापन समिति अध्यक्षकै घरमा कुटिए दलित प्रधानाध्यापक

    म्याग्दी । धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष...

    बैशाख १९, २०७६
  • जसको पानी चल्दैन…

    विराटनगर । मोरङको जहदा गाउँपालिका–३, जयरामपुरका घुरण ऋषिदेवकी छोरी रनियाकुमारी र स्थानीय सन्थाल समुदायका लालो मुर्मुले प्रेमविवाह गरे । तल्लो जातिसँग बिहे...

    जेठ ७, २०७६
  • छुवाछुतको अँध्यारो तस्बिर

    हाम्रो समाजले निर्माण गरेको भष्मासुर हो, जातीय विभेद र छुवाछुत । महाकाली मेची पदयात्राका क्रममा भेटिएका सयौँ तथ्य एवं दृष्टान्तले यसको...

    बैशाख १८, २०७६
  • पोखरामा प्रभातफेरी गरेर विश्व स्वच्छ व्यवसायी दिवस मनाइने

    विश्व स्वच्छ व्यवसायी संगठनको आह्वानमा नेपालमा पनि विश्व स्वच्छ व्यवसायी दिवस विभिन्न कार्यक्रम गरी मनाईदै आएको छ । स्वच्छ व्यवसायको...

    बैशाख २७, २०७६