RaraNews

प्रेम सुनार प्रकाशित : २०७६/२/२७ गते
३७० पटक

बुटवल– ‘मेरो बुवा यस क्षेत्र कै सबैले मान्ने पुरोहित हुनुहुन्थ्यो ।  जातिपाती विभेदमा कट्टर पनि हुनुहुन्थ्यो, –वुर्तिबाङ्गका पुराना समाजसेवी तुल्सीराम अर्यालले भने– ‘उहाँका सामु मैले जातिय विभेद विरुद्ध आन्दोलन छेड्नु फलामको चिउरा चपाउनु जस्तै थियो तर चपाएरै छाडियो ।’

अर्याल थप्छन्– ‘मेरो बुवा शिवलाल उपाध्याय सानो बाहुनका नामले यस क्षेत्र मै  सबैले  खोज्ने  पुरोहित हुनुहुन्थ्यो  । पञ्चायतकालमा जात–भात नमान्नेहरुलाई अराष्ट्रिय तत्व भन्ने आरोपमा जेलनेल  गरिन्थ्यो । अझ कम्युनिष्टहरुलाई त जातभात मान्दैन, दिदी बहिनी भन्दैन ६० बर्ष  पुगेपछि गोली ठोकेर मार्छन् भनिन्थ्यो ।

त्यस्तै २०२८ सालको कुरा होला बुर्तिबाङ्गमा हालको उत्तरगंगा  माध्यामिक विद्यालयमा काठमाडौंबाट  एकजना  शिक्षक पुष्पमान श्रेष्ठ आए ।  उनले   यहाँका  दलितसहित हामी  सबैलाई सँगै राखेर पानी खुवाए । त्यसबाट घरमा  ठुलो  खैलाबैला मच्चियो ।  मलाई अराष्ट्रिय  तत्वको विल्ला भिराइयो ।  त्यसपछि म राष्ट्रिय जनमोर्चामा आवद्ध भएँ । सबै मिलेर बहुदल ल्याइयो । २०५४ सालमा सोही पार्टीबाट म साविक वुर्तिबाङ्ग  गाविसको अध्यक्षमा विजयी भएर २०५९ सालसम्म जनप्रतिनिधि  नै भएँ ।

त्यस अन्तरालमा  मेरो घरमा   रिघा  गाविसका अध्यक्ष  बाबुराम नेपाली आए । मैले उनलाई नै खान  पकाउन लगाएर खान खाँए । त्यो  देखेपछि  घरमा  खैलाबैला मच्चियो । बुवाले  मलाई  भित्र पस्न  नदिने अडान लिनुभयो  ।

अरुले  सुनपानीले छर्केर चोख्याउँदै भित्र राखे  केही हुन्न् भन्ने सुझाव  पनि दिए ।  मेरो आमा अमृता अर्याल अलि प्रगतिशिल  विचारकी हुनुहुन्थ्यो । उहाँले भन्नु भयो– ‘उसले छुएको  खाए पनि दिशा ग¥यो,  गयो सकियो ।’ तर पनि मलाई  भित्र पसाउन मानिएन  ।

यहाँ सम्मकी मेरो ससुरालीको घरभित्र पस्न समेत मलाई दिइएन । सुरुमा दलितहरु  सैगै  बसेर पानी  पिउँदा म १२ बर्षको थिएँ । त्यति बेला ठिकै छ दाँत साटेको  र  जनै राखेको  छैन भनेर  सुनपानी छर्केर भित्र पसाइएको  थियो । तर पछि त मलाई समाजको ठुलै तप्कालले गाह्रो पार्यो, अहिलेका  युवाहरुले आँट्ने  हो भने त  केहि गाह्रो  छैन ।’ अर्यालले २०६४   सालमा माओवादीमा प्रवेश गरेका  हुन्  ।

उनी जनमोर्चामा  छँदा र  गाविस अध्यक्ष हुँदाको  स्मरण गर्छन्– ‘म गाविस अध्यक्ष हुँदा जनमोर्चाका  दुई  जना वडाध्यक्ष दलित समुदायका  हुनुहुन्थ्यो ।   वडा नम्वर ८ का वडाध्क्ष सुरेन्द्र विक र  वडा  नम्वर  ९ का वडाध्यक्ष नरबहादुर विकलाई बैठकका बेला तपाईहरुले चिया पकाउनुस् भन्थे । उहाँहरु उफ्रिउफ्रि चिया पकाउन थाल्नुहुन्थ्यो ।’

चिया  पकाएर  पिउने बेलामा काँग्रेसका जनप्रतिनिधिहरुले एउटा न एउटा बाहना पारेर  तर्किनु्हुन्थ्यो ।  म  व्राम्हण त्यसमाथि कट्टर  पण्डितको  छोराले  त्यो  जमनादेखि  छुवाछुत विभेदविरुद्ध उत्रिए पनि अहिले सम्म यस भेगमा  छुवाछुत विभेदको अन्त्य हुन नसक्नु  विडम्वनाको कुरा हो  ।’

अर्याल  बाग्लुङ्ग क्षेत्र नम्वर २ बाट  प्रतिनिधिसभा सदस्यमा उठ्ने कुरा चलेको थियो ।  पछि देवेन्द्र  पौड्यालले  टिकट  पाएपछि  राष्ट्रियसभामा लैजाने चर्चा पनि चलेको थयो ।  राष्ट्रियसभामा  दिननाथ शर्मालाई  पठाइए पनि उनी राजनीतिबाट निराश छैनन् ।

हाल उनी बुर्तिबाङ्गको निसीभुजी जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष  र विभिन्न संघ–संस्थामा आबद्ध छन् । त्यस भेगमा दलितहरुलाई जातिय  विभेदविरुद्ध जागरण छर्ने  र  प्रगतिशील विचारका कार्यकर्ता उत्पादन  गर्ने ब्यक्ति उनै तुल्सीराम अर्याले रहेको वुर्तिबाङ्गका बासिन्दा एवम् क्षेत्रीय  दलित सञ्जाल बाग्लुङ्ग क्षेत्र नम्बर २ का संयोजक अशोक विश्वकर्मा बताउँछन् । जातिय  विभेद विरुद्ध बुर्तिवाङ्गमा जेठ २१ गते भएको विशाल विरोध सभाको ¥यालीमा अर्याल अग्रपक्तिमा  थिए  ।

प्रेम सुनारले लेख्नु भएको यो समाचार हामीले रातोपाटीबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्
  • वडासदस्यको आयोजनामा सहभोज

    सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–७ गार्मास्थित नाजिङमा वडासदस्यले सहभोजको आयोजना गरेका छन् । वडासदस्य सोनाम ग्याल्जेन शेर्पाले जातीय समानताको सन्देश प्रवाहका...

    आश्विन १७, २०७६