RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/५/९ गते
२४५ पटक

यो पश्चिम नेपालको एउटा प्रतिनिधि कथा हो जहाँ जातिय विभेद र लैगिंक विभेद दुबै एकैफेर जोडिएर आउने गरेको थियो । यो स्वतन्त्रता र आत्मसम्मानको कथा हो अनि एउटा उदहारण पनि, आज म यस कथाको सुत्रधारका रुपमा धागो तान्दै सुनाउन चाहन्छु, यि धागाहरु विभेद देखि स्वतन्त्रता अनि समानताका कडिहरु हुन् ।

दलित महिलाहरु लैगिंक विभेद, जातिय उत्पीडन देखि आर्थिक संकट सम्मका शिकार भएका हुन्छन् । नेपालमा दशक अघि आएको शान्ति र समानता दलित महिलाहरुका हकमा कहिल्यै साकार भएन् तर जब दलित महिलाहरु आँफैं जुर्मुराउन थाले, तब समानता र स्वतन्त्रताको साकारोक्ति संभव हुँदै गयो ।

दलित फेमिनिस्ट उपलिफ्टमेन्ट अर्गनाइजेशन अर्थात छोटकरीमा डाफुउओ नामक सञ्जाल संगठन छ जहाँ दलित महिलाहरुको उत्थान अनि आर्थिक समानताका कुराहरु छलफल गर्ने र साझा कदम चाल्ने साझा चौतारी उपलव्ध छ । बिनिता सोनार ले पनि त्यसै चौतारीमा गएर आफ्नो स्वतन्त्रता र आत्मसम्मानको रुपरेखा तयार पार्ने सोच गरिन्, एक महिने ब्युटिसियनको तालिम लिएकी बिनिता अहिले एउटी ब्यवसाही र साहसीली सदस्य हुन् ।

उनले आफ्नो जिवनमा नयाँ परिचय थपिन, आयशा ब्युटी पार्लरकी मालिक यिनी व्युटिसियन हुनुका साथै छेउमै टेलरिगं पेशामा आवद्ध पनि भइन् । उनले केहि आफूजस्तै चेलीहरुलाई जागिर पनि दिएकी छिन् । व्युटिसियन तालिमको ३ महिना बित्न नपाँउदै थोरै लगानीमा यिनले पार्लर खोलिन र त्यो पार्लर राम्रै चल्यो । बिनिताका अनुसार उन्को ब्यवसायको चल्ती र नचल्तीका सिजनहरु हुन्छन् तर ब्यवसाही भएपछि जोखिम उठाउन त सिक्नै पर्यो, सन्तुष्ट हाँसोमा बिनिताले अभिव्यक्त गरिन् । दुईजना सन्तानलाई राम्रै बिधालयमा पढाएर, पसलको भाँडा तिर्दै कर्मचारीलाई पनि दिन उन्ले अर्थोपार्जन गर्न सक्षम भएकी हुन् ।

बिनिताले पसल केहि लोन र सहयोगमा शुरु गरेकी हुन्, शुरुशुरुमा भाँडा तिर्न कठिनाई हुन्थ्यो तर क्रमश अहिले उनको कमाईको अनुपात बढ्दै गएको छ । एउटी आमाको हिसाबले अहिले उनी आत्मविश्वासका साथ छोराछोरीको भविष्यका लागि लगानी गर्न सक्ने आँटमा छिन् । भावी दिनमा उनी सन्तानमा थप लगानी गर्न चाहन्छीन् ।

बिनिताका अनुसार उन्को लैगिंक परिचयलाई उन्को सामाजिक शक्ति र आर्थिक हैसियतले निर्धारण गर्ने हरेछ । मेरो जातले मलाई कमजोर नै बनाइरह्यो तर आर्थिक सशक्तिकरणका माध्यमले समानता सहज रहेछ भन्ने कुरा मैले बुझें । मानिसहरुले मप्रति बनाउने धारणा मेरो जात या विभेदले नभई आर्थिक हैसियतले धेरै निर्धारण गर्ने रहेछ । म मेरो जात या समुदायको आधारमा भन्दा पनि एउटी महिला उधमीका हिसाबमा परिचित हुन चाहन्छु । दलित महिलाहरुको पनि च्याम्बर अफ कमर्श जस्तो संस्था या सञ्जाल भएका भए शायद म बिनितालाई त्यहाँ नेतृत्व गर्दे गरेकी देख्थें होला ।

म एउटा प्रश्न फेरि दोहोर्याउन चाहन्छु, के लैगिंक विभेदको न्यायलाई थप उजागर गर्न गरिबी र आर्थिक सशक्तिकरणमा ध्यान दिन जरुरी छ ?

ईएलसीए ग्लोबल मिशनले डाफुउओ र एल डब्लु आर नेपाललाई सहयोग गरेको छ ।

चन्द्रन पाल मार्टिनको डायरीबाट

प्रतिकृया दिनुहोस्