RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/११/२९ गते
१४३ पटक

मलिका श्रेष्ठ, महिला उद्यमी ःमैले नेपाली कपडाको काम गर्छु । शुरु १२ जना महिलाबाट काम शुरु गरे । अहिले देश बिदेशमा निर्यात हुदै आएको छ । म गृहेणी नै थिए । त्यो समयमा तालिम लिने भन्ने थिएन । खालि समय बच्चाहरु स्कुल जादा के गर्ने त भनेर बिन बहुउदेश्य सहकारी संस्था लिमिटेड तालिम लिएर । तालिम पछि गाउन बनाउन शुरु गरे । मैले बजार अनुसन्धान गरेर घरमा नै गाउन बनाउन शुरु गरे तर कहाँ बेच्ने ? त्यहिबेला लाज लाग्ने ,सानी बहिनीलाई असनको एउटा पसलमा हामीसंग गाउन्छ राख्नु हुन्छ ? भनेर सोध्न लगाए । पसलेले सामान झुन्ड्यो मन अलि खुसि भयो । टाढैबाट त्यो सामान कट्या कि कटेन भनेर दिन दिनै हेर्थे । पछि बिक्रि भयो,त्यसबाट १५ सय कमाए ।
एउटा खुसिको कुरा तालिम लिदा लिदै पनि अमेरीकाबाट सय पिसको अडर आयो सानो सानो काम त गरेकी थिए तर सय पिसको अडर आउदा सबै भन्दा खुसि भए त्यो मेरो ठुलो सफलता हो । पछि अष्ट्रेलिया लगायत अन्य देशहरुबाट पनि धमाधम काम आउन थाल्यो । अहिले पनि देश बिदेशमा बिक्री बितरण हुदै आएको छ । यसैबिचमा १५÷२० देशको भ्रमण पनि गरे । उमेरले पाँच दशक काट्यो जीवन अहिले हो जस्तो लागेको छ । बच्चाहरु हुर्कीए,ज्ञानगुनका कुरा सीप सिकेर पर्णभए अब ज्ञान,सीप अरुलाई बाड्न चाहान्छु । कसैसंगमा माग्नु पर्दैन ।
महिलाहरुले बाडिएर काम गर्नु पर्छ,त्यसैले परिपारले पनि सहयोग गर्नु पर्छ । अहिले त देश संघियता गएको छ । केन्द्र देखि स्थानिय तह सम्मका सेवा,सुबिधा,सुचना,जानकारी गाउँ घर सम्म पु¥याउनु पर्छ ।

ईलम गर्दा परिवार र समाजको अवरोध भयो ःरत्नेश्वरी गोर्खाली श्रेष्ठ, महिला उद्यमी   

चाँदिको गरगहना साथै नेपाली हस्तकलाको काम गर्छु । अहिले स्थाई काम गर्ने ५÷६ जना छन तर अडर अनुसार १० ÷१२ जना पनि हुन्छ । म बिज्ञानको बिद्यार्थी सानै देखि मेरो सपना डाक्टर बन्ने थियो । दुर्भाग्य म सानै हुदा आमा बित्नु भयो । बुवाले आमाको मृत्यु पश्चात विवाह गरिदिनु भयो । विवाह शाहुकी कान्छी बुहारी भएर पढ्ने सर्तमा हुने भयो । केहि दिन पछि सासुआमालाई आमा म पढ्न जान्छु भन्दा उहाँले कहाँ पढ्ने बुहारी मान्छे भएर घरको काम गर्नु पर्छ नत्र कस्ले गर्छ ? तैले पढेर के हुन्छ ? छोराले कमाए पुगिहाल्छ नि ? भन्नु भो म छागाबाट खसे झै भए । मेरो डाक्टर पढ्ने सपना त्यहि टुट्यो । अर्काको घरमा परिसके माईतीमा आमा छैन दिदि बहिनी छैन धेरै रोए आखिर त्यहि घरमा नै समय बिताउनु पर्यो ।
समयको अन्तरालमा तीन जना छोराछोरी भए,सासु ससुरा बित्नु भयो,दाजु भाई छुट्टियौ । पछि हाम्रो परिवार मात्र भयौ । बच्चा स्कुल जाने दिनभर घरमा बस्दा समय कटाउन गाह्रो भयो । पढ्न त पाईन तर केहि ईलम गर्नु पर्छ भन्ने सोच आयो । पत्रिकामा उदमी बन्न सुवर्ण अवसर भन्ने बिज्ञापन देखे । श्रीमानसंग सल्लाह गररे पाँच हप्ताको तालिम लिए । पहिलो पटक घरबाट निक्लदै थिए एक्लै जान डर लाग्यो फम लिन जादा छोरीलाई साथी लिएर गए । फम भरे अन्र्तवार्ता दिए । सानै उमेर देखि ज्योलरीमा रुचि थियो । त्यसैले चाँदीको गरगहना बनाउने भनेर निधो गरे । मेरो निर्णयले सबै जना चकित परे सबैले महिला भएर पनि किन पुरुषले गर्ने काम रोजेको भने तर काम पनि यो पुरुषले यो महिलाले गर्ने भनेर निधारमा लेखिएको हुन्छ र ? भनेर प्रश्न गरे ।
तालिम पश्चात उद्योग संचालन गर्नु प¥यो भनेर घरको सामान केहि सामान केहि बजार गएर किनमेलगरे, छिमेकका चार ÷पाँच जना भाईहरुलाई काम लगाने निर्णय भयो,सबैलाई तयारी पुरा,सबैलाई निम्तो बाडियो तर एक्कासी ओपनिङको दुई दिन अघि त दिदि हामी आउदैनौ दुख नमान्नु सबैले हामीलाई महिलाले संचालन गरेको उद्योगमा काम गर्न जाने भनेर गाली गरे भनेर सुनाए मलाई रातभर निद्रा परेन । एउटा महिलाले केहि गर्छु भनेर आट गर्दा पितृसतात्मक सोचले ग्रसित समाजमा अवरोध भयो । पछि धेरै कोसिस गरेर त्यो समस्या सल्टाए ।
काम गर्दा बिए पढे त्यसैबिचमा सिङ्गापुर जाने अवसर पाए त्यहाँ जादा अरु देशका धेरै पढेका व्यक्तिहरु भेटे, मैले अझै पढ्नु पर्छ भन्ने लाग्यो पछि फेरि एमए पढे । मैले राम्रो काम गरेको देखेर पत्रिकामा अन्र्तवार्ता छापियो त्यो देखेर घरबाटै बिरोध आयो । खुब जान्ने भएर फोटो सहीत अन्र्तवार्ता दिनु पर्ने भनेर जेठाजुले नै बिरोध गर्नु भयो सबै परिवार छन तर मेरो समर्थनमा कोहि बोलेनन । अमेरीका,अष्टेलिया,जापान लगायतका देशरुमा निर्यात पनि हुन्छ देश बिदेश घुम्न पनि पाईएको छ । म अहिले खुसि छु । महिलाहरु पनि गर्न सक्छन त्यसमा सबैको साथ चाहिन्छ । महिला उद्यमीका लागि सहुलियत ऋण व्यवस्था,राष्ट्रपतिद्धारा पनि उदमशिलता बिकासका लागि बिभिन्न कार्यक्रम छन । महिलाहरु पनि आट,सोधि खोजी गरेर आत्मनिर्भर बन्नुपर्छ ।

पार्लर गर्दा नाईले गर्ने काम भनेर बिरोध ः नानु राजभण्डारी, महिला उद्यमी

   मैले व्युटिपार्लरको काम गर्छ । यो शुरुवात गरेको सन १९७५ मा जति बेला २÷४ ओटा मात्र थिए । अचेल जस्तो बाक्लै पार्लर थिएन । पार्लर जाने त्यति चलन थिएन कता कति जागिरे,घरानियाका बुहारीहरु आउन्थे । मेरा काका ससुराले के यस्तो नाईले गर्ने काम गरेको भनेर बिरोध गर्नु भयो तर श्रीमानबाट भने सहयोग थियो । उहाँले नै तालिम लिन र व्यवसाय शुरु गर्न प्ररित गर्नु भयो । आफुले आटेको काम आज सम्म मेरो पार्लर खुल्लै छ । ११÷१२ वर्ष सम्म सर्प जस्तै दुलोमा थिए । भित्रै बसेर पार्लरको काम गर्थे,अहिले काम गर्दै जादा धेरै कुरा सिक्दै छु । जनसम्र्प पनि राम्रो हुदै गएको छ । अहिले सम्म पनि प्रतिस्प्रधात्मक बजारमा आफ्नो सीपले खटिएकी छु । धेरै सन्तुष्टि मिलेको छ ।

      (उद्यमी महिलाहरुसंग गरिएको कुराकानीको आधारमा)

प्रतिकृया दिनुहोस्