RaraNews

प्रकाशित : २०७७/१/२९ गते
४२६ पटक

विभिन्न राजनीतिक दलका नेता र सरोकार सङ्घसंस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोप लगाउँदै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामाको माग गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जीतु गौतम र गणेश विक, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा तथा संयुक्त दलित सङ्घर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ र दलित गैरसरकारी संस्था महासङ्घलगायत सङ्घसंस्थाले प्रेस विज्ञप्ति जारी गरी थापाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन्।

पोखरा महानगरपालिका–१६, बाटुलेचौरमा गत चैत २६ गते मोहन सुनारका भाइ समरबहादुरको मृत्युपछि काजकिरिया गर्न नजीकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीयवासी देवबहादुर थापा, जनक थापालगायतले सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलोज र धाकधम्की दिई जातीय विभेद गरेको आरोप लगाइएको छ।

पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएको जनाउँदै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय) ऐन २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए। स्थानीय समाजसेवी र दलित अगुवाको दवावमा पाँच दिनपछि देवबहादुर थापा, जनक थापा र राम बिसी पक्राउ परेका छन्।

सो घटनालाई कानूनी दायरामा ल्याउन सहयोग गर्नाको सट्टा प्रदेशसभा सदस्य थापाले उल्टै जातीय भेदभाव तथा छुवाछूत गरेको भनिएकाहरुलाई समर्थन गर्ने विज्ञप्ति जारी गरेको भन्दै दलित समुदायले आपत्ति जनाउँदै आएका छन्। प्रदेशसभा सदस्य थापा नेकपा कास्कीका अध्यक्ष पनि हुन्।

कांग्रेस निकट नेपाल दलित सङ्घले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्य थापालाई अभियुक्तसरह पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ। 

प्रतिकृया दिनुहोस्
  • छुवाछूत गर्नेलाई कडा कारबाही : प्रधानमन्त्री

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । छुवाछूतविरुद्धको...

    जेठ २१, २०७७
  • हाम्रो नेपाल ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणाः औचित्य र व्यवहार

    रेमवहादुर विक आज जातीय छुवाछूत अन्त्य घोषणा भएको दिनमा शुभकामना र हर्ष व्यक्त गरिरहेको बेला त्यही विभेदका कारण पाँच जनाले...

    जेठ २१, २०७७
  • क्वारेन्टिनमा पनि जातिय विभेद

    गुल्मी । पछिल्लो चरण दलित समुदायमाथि जातिय विभेदका श्रृखलाबद्ध घटना भई रहँदा स्थानीय सरकारले नै स्थापना गरेको क्वरेन्टिनभित्र समेत जातिय विभेद...

    जेठ २०, २०७७
  • कहिलेसम्म सहने विभेद ?

    सिद्धार्थ नेपाली नेपालमा दलितहरुको जनसंख्या झण्डै ७० लाख हराहारिमा रहेको विभिन्न संघसंस्थाले दाबी गर्दै आएका छन् । जसमध्ये धर्मका हिसाबले...

    जेठ २२, २०७७
  • नेपालको गणतन्त्र, दलित र ब्राम्हिण वर्चश्व

    रेमबहादुर विक नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको १२ वर्ष भयो । २०६३ जेष्ठ १५ गते संवैधानिक रुपमा हिन्दू सामन्तवादको...

    जेठ १९, २०७७
  • रुकुम घटनाको कल डिटेल खोज गरिँदै

    रुकुम घटनाको प्राविधिक अनुसन्धान पाटोलाई सघाउन प्रहरीको सिआइबीको टोली रुकुम प्रस्थान गरेको छ। प्राविधिक सामग्रीसहित दुईजनालाई सोमबार रुकुम पठाइएका हो।...

    जेठ २०, २०७७
  • रुकुम घटना,सहिदको सपना र हाम्रो संकल्प

    ऋषि ‘आजाद’अहिले विशेषतः अभिजातहरु ‘दलित’ शब्दमा आत्म—सम्मान नभएको हुनाले यस शब्दलाई विस्थापित गरेर अरु शब्द राख्नुपर्ने विषयमा सामाजिक सञ्जाल तथा...

    जेठ २०, २०७७