RaraNews

विनोद परियार प्रकाशित : २०७४/९/२२ गते
५४० पटक

दलित र समाज :

नेपाल यस्तो देश हो, जहाँ धर्म, पेशा, परम्पराको आधारमा मात्रै होईन, राज्यले कानुन नै बनाएर दलित समुदायमाथि थिचोमिचो र भेदभाव ग¥यो । लिच्छवीकालमा पेशाको आधारमा जात नै बनाएर विभेद गरिएको इतिहास जग जाहेर छ ।
त्यति मात्रै होईन त्यतिखेर बाबुबाजेले जे पेशा गरे त्यही सन्ततीहरुले पनि गर्नु पर्ने बाध्यता थियो अन्यथा कारवाहीको भागीदार हुनु पथ्र्यो । त्यसपछि तत्कालिन श्री ५ सुरेन्द्रको पालामा जंगबहादुर राणाले वि.सं. १९१० मा ऐन नै बनाएर जाति प्रथालाई कडाईका साथ लागू गरे ।

त्यस ऐन अनुसार नेपाली समाजलाई (१) तागाधारी , (२) खस, (३) मतवाली, (४) पानी चल्ने शुद्र, र (५) पानी नचल्ने शुद्र । त्यहि शुद्रमा नेपाली समाजका इन्जिनियर, विद्धान, सिप र कलाका धनी भएका जसलाई दमाई, कामी, सार्की, गाइने, वादी, पोडे, च्यामे तराईमा हरिजन, चमार आदि जातको नाम दिएर तल्लो र पानी नचल्ने जातको बर्गमा राखे जुन अहिले दलित समुदायमा परिणत छ ।
जंगबहादुरले कानुनद्धारा नै दलितहरुलाई पानी नचल्ने जातको रुपमा परिभाषित गरेपछि अझ चर्को रुपमा विभेदको मारमा यो दलित समुदाय प¥यो । त्यसपछि शाहवंशीय राजाहरुले धर्मको आडमा जात प्रथालाई निरन्तरता दिए ।

समाजमा ठूलो भनाउँदा जातीहरुले यसको शिरोधार्य पालना गरेँ । जसको परिणाम स्वरुप आज मुलुक राजाविहिन गणतन्त्र र संविधानको मौलिक हकमा छुवाछुत गर्न नपाउने व्यवस्थाको युगमा आइपुगेको छ । तर, जनताका प्रतिनिधिले बनाएको संविधानसभाबाट संविधान घोषणा भएको एक बर्ष हुँदासम्म पनि लिच्छवीकालीन सोंचमा परिर्वतन आउन सकेको छैन । फस्वरुप ‘तल्लो जात’ भनेर समाजमा दबिएर, चेपिएर र विभेदसँग जुध्दै बाँच्न बाध्य छन् दलित समुदायका ब्यतmीहरु ।


सिप र कलाका धनी :
इतिहासलाई हेर्ने हो भने नेपालका बैज्ञानिक दलित समुदाय हुन भनेर ठोकुवा गर्न सकिन्छ । सबैभन्दा तल्लो जात जसलाई भनियो, ऊ विना यो समाजका ठूला भनिएका जातीको एक पाईला पनि सर्दैन्थ्यो । आजभन्दा ६० बर्षअघिलाई फर्केर हेर्दा काफी हुन्छ । किनकि त्यतिखेरका भुक्तभोगी हाम्रो समाजमा अझै भेटिन्छन् । एक प्रकारले भन्दा समाजलाई चलाउने काम तिनै दमाई, कामी र सार्कीहरुले गरेका थिए । केहि दृष्टान्तहरु हेरौं ।
कामी :
समाजमा जो इन्जिनियर जस्तै बिभिन्न हात हतियार, औचार मेसिन बनाउने काम गर्छ यसैलाइ यो ब्राह्मणवादी समाजले कामीको जातको नाम दिएर अछुत जातमा परिणत गर्यो । ‘आरन’ मा खलाती (हावा दिनका लागि बनाइएको घरेलु उपाय) ले सकि नसकि कोइलामा राखेर फलाम पगालेर घरका लागि आवश्यक भाँडाकुँडा देखि औजारहरु हसियाँ, बच्चरो, कोदालो आदि बनाउने काम तिनेले गर्थे ।

यो कामका लागि सिप त आवश्यक पर्ने थियो नै । सँगै घरेलु श्रोत साधन जुटाएर फलामको औजार बनाउने कुरा आजभन्दा ६० बर्षअघिका लागि पनि ठूलो आविष्कार नै हो । अझ २ सय बर्ष अघिका लागि यो प्रविधि अपनाउने काम गर्ने ति कामीहरु महान बैज्ञानिक, इन्जिनियर हुन ।


तर, मेहनतले हप्तौ, महिनौं दिन लगाएर बनाएका धार्मिक सामान, औजारहरु शुद्ध भएपनि त्यो तिनीहरुका निर्माता कामी भनिएको ब्यतmी भने २१ शताब्दीमा आउदासम्म शुद्ध भएको छैन । उसले बनाएको औजार र भाँडाकुँडामा खाना पाक्छ, तर त्यो ठूलो भनिने जातको घरभित्र पस्नु त परको कुरा बर्षमा पाउने भनेको एक पाथी, धान मकै वा केहि अन्न पनि उसको पारिश्रमीक अनुसार आउदैन ।
सुनार :
अति महत्वपूर्ण धातु जसलाई पगालेर आर्कषक गहना बनाउने काम गरेँ सुनार भनिएका, ब्यतmीहरुले । जसलाई अछुत र दलितको रुपमा विभेद कायमै छ । नेपालमा अझै पनि यो पेशामा अन्य समुदायको सहभागिता त्यतिसारो देखिदैन तर, पछिल्लो समय भने शहर बजारमा यसलाई हुने खानेहरुले आर्कषक पेशाका रुपमा ब्यवसाय गरिरहेको देखिन्छ । तर, यसलाई पुर्खौली पेशाका रुपमा अपनाउदै आएका दलित समुदायसंग आधुनिकीकरण र ब्यवसायिक रुपमा अगाडी बढ्न आवश्यक तालीम र पुँजी नुहँदा अन्य जातिले नै कब्जा गरेका छन् । धातुलाई पगालेर सुनका नयाँ नयाँ डिजाईन (स्वरुप) मा गहना, मुर्तीहरु बनाउने दिमागी क्षमता भने त्यतिखेर सुनारसंग मात्रै थियो । राजापरिवार देखि राणा संगै, दरवारका सुन्दर सुन्दर गहना, मर्तीहरुको निमार्ण तिनै (सुनार) दलितले गर्दथे ।


दमाई :
राज्यले कानुनले नै बनाएर अछुत जातिमा राखेको समाजको अर्को इन्जिनियर र बैज्ञानिक जाति भनेको दमाई (सुचिकार) जाति हो । नाङ्गो शरिरलाई हाम्रो सामाजिक परम्पराले अश्लिल र असोभनिय मान्छ । त्यो अश्लिता ढाकेर सभ्य र ठूलो जातको गरिमा बढाउने काम तिनै दमाईहरुले माज्ञ गरेँ उहिले । जो समाजमा अछुत र तल्लो जातको दर्जामा थियो । कुनै प्रविधि नभएको बेला केवल एउटा सियो र धागोको भरमा मान्छेको स्वरुप नै बनाउने क्षमतालाई कम होइन । त्यो भन्दा ठुलो इन्जिनियरिङ अरु के थियो र ? कोसंग थियो र ?

जसले तिनै अछुत बनाउनेहरुको लाज ढाकिदिए । कति महान ब्यतmी ति दमाई भनेर अछुत कहलिएकाहरु ब्यतmीहरु । एक प्रकारले भन्दा त्यतिखेर मान्छेको स्वरुप जस्तै पहिरन बनाउनु बिल्कुलै नयां वैज्ञानिक काम थियो । नाँगो जिउ ढाक्नका लागि कपडा उत्पादन त भयो तर त्यसलाई थरी–थरीका डिजाईनमा सिलाउनु एक प्रकारले दमाई जातिले आविष्कार नै गरेका थिए । बाईसे र चौबिसे राज्य भएका बखत पनि ति राज्यका राजा रानीहरुका लागि आकर्षक पहिरन तिनै दमाईले सिलाए । तर, त्यो महान इन्जिनियर, वैज्ञानिक नै अहिलेसम्म अछुत भएर नेपाली समाजका दयनिय जिवन बाँचिरहेको छ ।

यतिसम्म की पृथ्वीनारयाण शाह जसलाई नेपाल एकिकरणकर्ता भनेर चिनिन्छ, तीनलाई अर्ती दिएर उ बेलामै ‘एकले थुकी सुकी सयले थुकी नदी’ भन्ने उखानलाई चरितार्थ गरि एकतामा शक्ति र सामथ्र्य हुने कुरा बिसे नगर्चीले पुष्टि गरेका थिए ।

अर्को तर्फ दमाई जातिहरुसँग भएको अर्को महत्वपूर्ण बजाउने (संगीत) कला अर्को अदभुत क्षमता हो । विश्वमै अत्यन्त पृथक कलाको रुपमा पञ्चेबाजालाई लिईन्छ, जसका सर्जक तिनै अछुत भनिएका दमाई जाति हुन । हरेक शुभ मुहर्तमा दमाईलाई अघि सारेर पञ्चेबाजाको धुन सुनाई मंलगमय गरिन्छ । पञ्चेबाजाको धुनलाई हरेक निरासा र पिडालाई टाढा राख्ने ओखतीका रुपमा पनि उहिलेदेखि नै प्रयोग गरिदै आएको छ । दमाई नै नेपालको पहिलो संगितकार हो । बाध्य बाधक हो ।

सार्की :
समाजमा जसको महान योगदान छ, महत्वपुर्ण उपस्थिती छ त्यहि ब्यतmी समाजको अछुत मानिने संसारको एकमात्र देश नेपाल नै होला । दलित भित्रको अर्को अपहेलित जाति भनेको छाला, जुत्ताको काम गर्ने सार्की जाति हो । बाद्य बादकका सामाग्री देखि खुट्टाको सुरक्षा गर्ने सम्मको क्षमता र सिप भएको त्यहि सार्कीलाई उहिले पनि विभेद गरियो र अहिले पनि जारि छ ।

बौद्धिक क्षमता भएका सार्की जातिले जनावरका छालाबाट सुरक्षित र सुन्दर जुता चप्पल देखि बाजाका लागि छाला उत्पादन गर्छन । छालालाई कुहाएर गन्ध नआउने गरि बाजाका लागि छाला तयार गर्नु चानचुने करा होइन । गन्ध नआउने गरि बनाउन अमला र तोरीलाई कुटेर माडेर जनावरको छालाबाट रौं फालेर नरम बनाउनु आफैमा बैज्ञानिक कला हो ।

तर, त्यसरी छाला कुहाएर घन्कने मादल र अन्य वाजाहरुमा रमाउने ब्यतmीहरु नै नितै सार्की जातिलाई अछुत भनेर अमानविय ब्यवहार उहिले पनि गरे र अहिले पनि जारि नैछ । अहिले बजारमा पाइने बिभिन्न खालका बाद्य बादनका सामाग्रीहरु तिनै सार्की जातिले बनाएका उत्पादनको प्रतिरुप र बिस्तार हो भन्न सकिन्छ । अझ महत्वपूर्ण काम खुट्टालाई बचाउन जुत्ता र चप्पल पनि तिनै सार्कीले बनाएर त्यस बेला राजारजौटा देखि तिनै उच्च भनिएका जातिहरुको सुरक्षा गरे ।

तर, बिड्मबना आज तिनै उत्पादकहरु यो पेशा बाट हात धुनु परेको छ अन्य समुदायका ब्यतmीहरुले विभिन्न कम्पनी खोलेर जुत्ता चप्पल उद्योगका मालिक भई करोडपती बनेका छन् । तर यसको उत्पादनका आबिष्कार त्यहि दलित हो जसलाई सार्की भनेर हेपिदैछ अझ पनि ।
अर्को तर्फ गाँउबस्तीमा मरेका जनावरहरु तिनै सार्की जातिले उठाउनै पर्ने नियम बाँधेर त्यतिखेर सरकारले त्यो काममा पनि लगायो । यो सबैभन्दा ठूलो मानव अधिकार उल्लघन थियो । यसका संगै यसलाई धार्मिक कार्यसंग जोडेर मठ मन्दिरमा बली दिइएका जनावरहरुलाई जबरजस्ती खान लगाई, सफाई गर्नु पर्ने संस्कार बनाएर सार्की जातिलाई अर्को हेलाको पात्र बनाउने काम भयो ।

गाईने :
समाजमा सूचनाको कुनै माध्यम नहुँदा उहिले देखि नै गाउँ–गाउँ पुगेर खबर पु¥याउने एक गाईने (गन्धर्व) जाति थियो । सारङ्गीको मिठो धुनमा प्रष्टसँग बुझिने गरि गाँउ समाजका दुख पिर, खबर, जनचेतना दिने काम तिनै गन्धर्व जातिमाथि थुपारियो । उनिहरु माथि यस्तो कला छ, जसले बोलेको शब्दमा सारँगीको धुन मिसाउदा सबैका आँखा रसाउन्छन अहिले पनि ।

एउटा ठाउँमा भएको घटनालाई टप्पक्क टिपेर गाउँ पु¥याउने पहिलो सञ्चारकर्मी नै तिनै गन्धर्व हुन । तर, उनै हेलाका पात्र बनेँ । नेपालको पहिलो पत्रकार गाईने हुन भनेर ठोकुवा पनि गर्न सकिन्छ । अहिले जताततै सञ्चार माध्यम खुलेका छन् । सूचनामा शक्ति हुन्छ भनेर आजभन्दा २ सय बर्ष पहिला गाउँ–गाउँ खबर पु¥याउने गाईनेहरुले पुष्टि गरेका थिए । अहिले विश्वकै सर्वाधिक रुचाईने साराङ्गीको धुनका संगितकार गाईने पेशा नै संकटमा छ ।

माथि उल्लेख गरिए बाहेक पनि कयौं सिप र कलाका धनी छन् दलित समुदाय । तराईदेखि पहाडसम्मका दलितहरु त्यस्तो जाती हो जसले आफ्नो पौरखमा विश्वास ग¥यो । कसैलाई ढाँट्न, छल्न जानेन । दलितहरु मात्रै स्वाभिमानी र कर्मशिल थिए भनेर यि माथिका दृष्टान्तहरुले प्रष्ट पार्छ । आज २१ को शताब्दि जसलाई प्रविधिको युग भनिन्छ, यो सबै प्रविधिको आष्किारक, उद्योगका पहिलो योजनाकार र बैज्ञानिक यिनै दलित समुदायका ब्यतmी हुन ।

पेशा अर्थसँग जोडिदा पलायन :


पुख्र्यौदेखि गर्दै आएको आरन, सिलाई, बाजा बजाउने वा गीत गाउने यी सबै काम पहिले सेवामुखी मात्रै थिए । बर्षदिनभरी मरि–मरि काम गरेर पनि बाली घरे प्रथामा काम गर्दा सधै दुःखको जीन्दगी मात्रै बिताए दलित समुदायले । पछिल्लो २० बर्षयता पुख्र्यौली पेशामा यि जातिहरुको आकर्षण घट्न थालेको छ । पेशाकै आधारमा जातीय अपमान र अछुतको दर्जा पाएपछि पेशाबाट पलायन हुनु एकअर्थमा स्वभाविक नै हो ।
जब दलित समुदाय आफ्नो पेशाबाट पलायन भए, तब यो पेशा नै सबैभन्दा राम्रो आम्दानीको श्रोत बनेको छ अन्य जातिका लागि । कस्तो विडम्बना, त्यहि पेशा आजसम्म पनि दलितले गर्दा ऊ अछुत हुने, तर त्यहि पेशा अर्को कुनै ब्राहमण, क्षेत्रीले गर्दा त्यो सम्मानित र सफल उद्यम बन्ने, यो कस्तो चिन्ता र सोंच हो नेपाली समाजको ?

अझ यसरी पनि चर्चा हुन्छ अचेल समाजमा, सिप नै सबैभन्दा ठूलो कुरा हो । आज ठाउँ ठाउँमा ग्रिल उद्योग सञ्चालन भइरहेको छ । यो आरनको विकसित रुप हो । तसर्थ त्यसका संचालक र कामदारलाई पनि अब कामी भन्ने त होला नी हैन ? यो प्रश्न शदियौं देखि यस्तै पेशाकै आधारमा विभेद र अछुतमा परेको बर्गको प्रश्न हो, मेरो मात्रै होइन ।

आज ठूला गार्मेट उद्योगहरु खुलेका छन् । टेलरिङ्ग पनि टोलै पिच्छे छन । आज लुगा सिलाउने काम (टेलरिङ्ग) सबैभन्दा आर्कषक र गतिलो आम्दानीको स्रोत बनेको छ । अझै पनि कयौं गाउँमा बालीघरे प्रथामा ति दमाईहरुले काम गरिरहेका छन् । लाभ भने उनै कथित माथिल्लो भन्ने जातले लिइरहेका छन् । पञ्चेबाजा पनि अर्कै समुदायले बनाउँछ अचेल । हिजोसम्म तिनै बाजा बजाएर शुभकार्य तथा मनोरंजन गराउने दमाई जाति अछुत भए, आज एउटा ब्राह्मणले बाजा बजाउदा, उनि शुद्ध र सम्मानित छन । कस्तो अचम्म छ यो समाज ।
आज दर्जनौं ठाउँमा जुत्ता उद्योग, छाला उद्योगहरु खुलेका छन् । यसको जस सार्कीले पाउनु पर्ने थियो ।

अनि सारङ्गीको धुन सिक्दै ठूलो संगितकारको पंगरी भिर्नेलाई गाईनेको सर्जकता र मेहनतको के मतलब छर । आज त्यसलाई ब्यवसाय र संरक्षणको लाभ अर्कोले लिइरहेको छ । यि सबै कुराको कारण प्रष्ट छ, दलित समुदायको न हिजो सम्मान र महत्व ठानियो नत आज नै । उसबाट जे जे स्वार्थ लिनु थियो, लिए त्यसपछि समाजमा उसलाई सधै अपहेलित र अपमानित हुने गरि छोडिएको छ । यसरि दलित समुदाय शदियौंदेखि अन्यायमा छन् ।
रोयल्टी दिनुपर्छ ?
हिजो पेशाका नाममा शोषण भयो । आज फेरी आधुनिकताका नाममा पुख्र्यौली सिप नामेट पारेर अरु नै हावी भइरहेका छन् । सदियौं देखि चरम पिडा भोगेर जोगाएको पेशा र कला आज उच्च भनिएका जातिले आय स्रोतको बलियो आधार बनाएका छन । चाहे त्यो उद्योग, कम्पनी, गार्मेन्ट, ग्यारेज वा संगित सेन्टरको रुपमा किन नहोस् । यो सबैको आबिष्कार गर्ने दलितलाई सरकारले क्षतिपूर्ती दिनु पर्ने होईन र ? जो अहिले आफ्नो पेशालाई आर्थिक अभाव र आवश्यक आधुनिकीकरण गर्न नसक्दा पेशाबाट नै हात धुन बाध्य भएका छन ।

तर, केहि यस्ता सिपको रोयल्टी मात्रै दिए पनि दलितको जीवनस्तर माथि उकासीने देखिन्छ । जसले समाजमा अपमानित भएर, भोको बसेर समाजको संस्कृती बचायो, कला र सिपको सिर्जना गर्यो आज त्यहि समुदाय त्यहि पेशा र कलाबाट विमुख हुन बाध्य छ । के यसको मुल्याकँन र चासो र चिन्ता राज्यले लिनु पर्दैन ? यस्तो हुनुमा के दलित समुदाय दोसी होत ?

हो, त्यहि भएर अब त्यस्ता दलित समुदायका ब्यतmीमाथि राज्यले लगानी गरेर, उनिहरुले राज्यलाई गरेको योगदानको कदर गर्दै रोयल्टी, क्षतीपुर्ती दिनुपर्छ । कम्तीमा पनि दलित समुदायको पुख्र्यौली सिपलाई आधुनिकीकरण गर्न लगानी गर्नुपर्छ । स सम्मान उनिहरुको पेशा र कलालाई अपनाउन र त्यसलाई आय आर्जनको स्रोत बनाइनु पर्दछ ।

देशलाई चिनाउने, समृद्ध हुने सिप र कला भएका दलित समुदायलाई दमन र उत्पीडन गरे वापत राज्यले क्षतिपूर्ती दिनैपर्छ । आज सिप र कलाका कुरा गरेर आफुलाई सर्जक र संरक्षक भन्नेहरुले एक पल्ट यि कुराहरु गम्भिर भएर सोच्ने की ? त्यसैले आजभन्दा सयौं बर्ष पहिला उत्पादन, कला र सिपका उत्पादक, इन्जिनियर र वैज्ञानिक भनेकै दलितहरु हुन र समृद्धिका संवाहक पनि ।

(लेखक- परियार, नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव हुन ।)

प्रतिकृया दिनुहोस्