RaraNews

राजकिशोर रजक प्रकाशित : २०७४/१०/८ गते
१९५ पटक

हिन्दू समाजमा छुवाछूतको उत्पति सन्दर्भमा ठोस आधार आम जनसमुदायको स्तरमा छलफल भएको जस्तो लाग्दैन ।

हिन्दू आफैमा एउटा मिथक मात्र हो । हिन्दू नाम पनि एउटा विदेशीहरूले राखेको नाम हो । यो नाम मुसलमान समुदायले सवर्णलाई आपूmभन्दा अलग राख्ने क्रममा दिएको नाम हो । अरबका मुसलमानहरूले भारतवर्षमा आक्रमण गर्नुभन्दा पहिले लेखिएका कुनै पनि संस्कृत ग्रन्थमा हिन्दू शब्द उल्लेख भएको पाइँदैन ।

हिन्दू समाज नामको कुनै चिज छँदै छैन । किनभने हिन्दू समाज विभिन्न जातिहरूको समूह हो । सोपानक्रममा आधारित जातितन्त्रलाई नै सवर्णहरूले हिन्दू धर्मको नाम दिएका छन् । छुवाछूत र अस्पृश्यताको कारण दलितहरू हिन्दू धर्मभित्र भए पनि हिन्दू समाजभन्दा बाहिर छन् । दलितहरू हिन्दू समाज व्यवस्थाका अङ्ग होइनन् । यसको मूल कारण अस्पृश्यता वा छुवाछूत नै हो । यसको उत्पतिको सन्दर्भमा खासै अनुसन्धान भएको जस्तो लाग्दैन ।

अस्पृश्यताको उत्पत्ति:

प्रख्यात समाजशास्त्री एवं प्रसिद्ध लेखक स्ट्यानली राइसका अनुुसार अस्पृश्यता दुई विचारबाट उत्पन्न हुन्छ ः एउटा नस्ल र अर्को पेसा । अछूतहरू अनार्य (गैरआर्य) तथा अद्रविड हुन् । उनीहरू द्रविडद्वारा पराजित भएका समुदाय हुन् । राइसका अनुसार भारतमाथि दुई वटा आक्रमण भएका थिए । पहिलो आक्रमण द्रविड समुदायले गरेको थियो, वर्तमान अछूतका पूर्वजमाथि विजय प्राप्त गरेको थियो । र, अर्को आक्रमण आर्य समुदायबाट भएको थियो जसले द्रविड समुदायलाई जितेको थियो ।

भारतका चर्चित विद्वान् डा. भीमराव अम्बेडकरले “शुद्र हू दे आर एण्ड हाउ दे केम टु बि दि फोर्थ वर्ण अफ इंडो आर्यन सोसाइटी”मा लेखेका छन्, माथि उल्लेखित विचार अवैज्ञानिक र अपरिपक्व छन् र यिनले कुनै समाधान दिन सकेका छैनन् । प्राचीन इतिहास अध्ययन गर्दा चार प्रकारका नाम फेला पर्छन्– आर्य, द्रविड, दास र नाग । यी नाम अलग–अलग प्रजाति हुन् वा एउटै प्रजातिका चार नाम ? राइसका अनुसार यी चार नाम भिन्न नस्लका हुन् । यो तथ्यलाई स्वीकार्नुभन्दा पहिला तथ्य पत्ता लगाउन परीक्षण गर्न जरुरी देखिन्छ ।

हिन्दू धर्मशास्त्र अध्ययन गर्दा एउटा कुरामा भने निर्विवाद थियो ः आर्य दुई फरक संस्कृतिमा विभक्त थियो– ऋग्वेदी र अथर्ववेदी । पहिलो समुदायले यज्ञमा विश्वास गथ्र्यो भने दोस्रो समुदायले जादू टुनामा । ऋग्वेदीहरूले ब्राह्मण वा आरण्यको रचना गरे र अथर्ववेदीहरूले उपनिषद्को । यो वैचारिक संघर्ष कति गहिरो थियो भने ऋग्वेदीहरूले अथर्ववेदका वाङ्मय र उपनिषद्लाई मान्दैनथे । अम्बेडकरका अनुसार आर्यका यी दुवै विभाग दुई नस्ल थियो कि थिएन ? आर्य शब्द कुनै नस्लकै नाम हो कि होइन ? यसबाट स्पष्ट हुन्छ, आर्य कुनै नस्लको नाम होइन ।

दास, नाग, द्रविड : अलग अलग हुन् ?

यसभन्दा ठूलो गल्ती दासलाई नागभन्दा अलग गर्नु थियो । दास इरानी शब्द दाहकको तत्सम् रूप हो । नागहरूको राजाको नाम दाहक थियो । त्यसकारण सबै नागलाई साझा रूपमा दास भनिन्थ्यो । तर नागहरू को थिए त ? उनीहरू गैरआर्य थिए । ऋग्वेदमा वृत्तको वर्णन गरिएको छ र आर्यहरू उसलाई पूजा गर्दैनथ्यो । उनीहरू वृत्तलाई असुर वृत्तिका शक्तिशाली देवता मान्थे र उनलाई परास्त गर्नु आफ्नो लक्ष्य । ऋग्वेदमा नागको उल्लेख हुनुको कारण हो उनीहरू प्राचीन मानिस हुनु । उनीहरू न आदिवासी थिए न त असभ्य नै । राजपरिवार र नाग समुदायबीच विवाह सम्बन्ध भएका अनगिन्ती उदाहरण छन् । प्राचीनकालदेखि नवौँ तथा दशौँ शताब्दीसम्मका शिलालेखमा नागहरूसँग भएका विवाहको चर्चा गरिएको पाइन्छ । नागहरूको संस्कृति उच्च थियो र उनीहरू बृहत् भौगोलिक क्षेत्रमा राज्य गर्थे । यी सब कुरा पुराण, प्राचीन रचना तथा सिक्काबाट प्रमाणित हुन्छन् । यसबाट इतिहासका विभिन्न कालखण्डमा नागहरूको प्रभुत्व सिद्ध हुन्छ ।

अब हामी द्रविडमाथि चर्चा गराँै । द्रविड को थिए ? के द्रविड र नाग अलग–अलग मानव समूह थिए कि एउटै प्रजातिका दुई नाम थिए ? यसबारे दक्षिण भारतका विद्वान् दीक्षितय्यरले ‘रामायणको दक्षिण भारत’मा लेखेका छन्, “उत्तर पश्चिममा तक्षशिला, उत्तर पूर्वमा आसाम र दक्षिणमा श्रीलंकासम्म सर्पको चिन्ह भएको देवतुल्य नाग फैलिएको थियो । एक समयमा उनीहरू एकदमै शक्तिशाली थिए । श्रीलंका र मलाबार उनीहरूको कब्जामा थियो । मलाबारमा आज पनि नाग पूजाको चलन छ । यसबाट के अन्दाज गर्न सकिन्छ भने इस्वी संवत् आउँदा आउँदै नाग चेरोँसँग अन्तरघुलन भयो ।”

यसबारे सी.एफ. ओल्ढमको भनाइ उल्लेखनीय छ । उनका अनुसार प्राचीनकालदेखि नै द्रविडहरू तीन भागमा विभाजित थिए– चेर, चोल र पान्ड्य । तमिल भाषामा चेर नागको पर्यायवाची शब्द हो । गंगाको घाटीमा चेरु तथा सिओरी भनिने प्राचीन प्रजाति बस्दै आइरहेका छन् । एक समय गंगा घाटीका भूभागमाथि उनीहरूको आधिपत्य थियो । यसबाट के भन्न सकिन्छ भने चेरु र चेरोसँग सम्बन्धित थिए । कहिलेकाहीँ नामहरूबीचको समानता सत्य नहुन सक्छ । तर ती एक आपस नाम आपसमा मिलेकाहरू भने सबै सूर्यवंशी थिए । सबै मनियर नागलाई मान्छन् र सवै नाग देवतालाई आफ्नो पूर्वज मानेर पूजा गर्छन् । यसबाट के प्रस्ट हुन्छ भने नाग र द्रविड एउटै समुदाय थिए ।

नागहरू आफूलाई किन द्रविड भन्छन् ?

केही प्रश्नका कारण यो कुरा स्वीकार्न पक्कै सहज भने देखिँदैन । उदाहरणका लागि, दक्षिणका मानिस नाग हुन् भने उनीहरूले आफूलाई किन द्रविड भन्छन् त ? सी.एफ. ओल्ढम संस्कृतको व्याकरणअनुसार द्रविड भाषालाई उत्तर भारत (मधेशलगायत) मा लोक भाषासँग सम्बन्धित मान्छन् । सबै लोक बोलीमा संस्कृतको सबैभन्दा कम अंश छ । ऋग्वेद साक्ष्यअनुसार आर्यलाई असुरको भाषा बुझ्न गाह्रो हुन्थ्यो । मनुको समयमा आर्य भाषासँगसँगै म्लेच्छ वा असुरको भाषा पनि बोल्ने गरिन्थ्यो । पछिल्लो समयमा आएर व्याकरणले नाग भाषा बोलेको कुराको जिकिर गरेको छ । यसबाट के प्रस्ट हुन्छ भने केहीले आफ्नो पूर्वजको भाषा बोल्न छाडे पनि केहीले त्यो भाषा र संस्कृतिको व्यवहार गरिरहे ।

दोस्रो ध्यान दिनुपर्ने कुरा के हो भने द्रविड संस्कृतको मूल शब्द होइन । यो तमिलबाट दमित, फेरि दमिल्ल र त्यसपछि द्रविड भएको पाइन्छ । तमिलको अर्थ कुनै प्रजाति नभई एउटा भाषा समुदाय मात्र हो ।

तेस्रो ध्यान दिनुपर्ने कुरा तमिल भाषा भारतवर्षमा आर्य समुदायको प्रवेश हुनुभन्दा अगाडि नै बोल्ने गरिन्थ्यो । उत्तरतिरका नागहरूले द्रविड भाषा बोल्न छाडी संस्कृतलाई अपनाए, तर दक्षिण भारतकाले बोली नै रहे । त्यसबीचमो उत्तरका नागहरूले आफ्नो भाषा बिर्सिसकेका थिए । द्रविड बोल्नेहरू दक्षिणतिर केन्द्रित भइसकेका थिए ।

यसबाट प्रस्ट हुन्छ, नाग र द्रविड एउटै प्रजातिका दुई फरक नाम हुन् । नाग सांस्कृतिक नाम हो भने द्रविड भाषिक । नाग र द्रविड नै दास हुन् र सम्पूर्ण भारतवर्षमा दुई मात्र नस्ल द्रविड र आर्य रहिआएका छन् ।

ब्राह्मण र शूद्रको नासिक एउटै कसरी ?

डा. जीए धुर्येको “भारतमा जाति र नस्ल”अनुसार पञ्जाबको अछूत चुहडे र उत्तर प्रदेशको ब्राह्मणका नासिक माप एउटै रहेको छ । त्यस्तै, विहार तथा मधेशका चमार र ब्राह्मणका नासिक माप एउटै रहेको छ । कर्नाटकका अछूत मानिने होलेयको नासिक माप कर्नाटककै छूत मानिने ब्राह्मणभन्दा उच्च देखिन्छ । यसबाट के प्रमाणित हुन्छ भने ब्राह्मण र अछूतको नस्ल एउटै हो । यदि ब्राह्मण आर्य हो भने अछूत पनि आर्य नै हो, ब्राह्मण द्रविड हो भने अछूत पनि द्रविड नै हो र ब्राह्मण नाग हो भने अछूत पनि नाग नै हो । यसरी राइसले भनेको छुवाछूतसम्बन्धी नस्लको आधार निराधार सावित हुन्छ ।

व्यवसायबाट छुवाछूत उत्पति हुने अवधारणाका सूत्रधार राइसको भनाइमा अछूतपन ‘अपवित्र’ पेसाबाट उत्पन्न हुन्छ । झट्ट हेर्दा यो विचार गर्दा तार्किकजस्तो लाग्नसक्छ । तर यस्ता पेसा त संसारका अरु ठाउँमा पनि पाइन्छन्, त्यहाँ उनीहरूलाई अछूत मानिँदैन ? नारद स्मृतिको अध्याय ५ अनुसार पवित्र कार्य गर्न सेवक प्रयोग गर्ने, तर अपवित्र मानिने झाडु लगाउने, जुठो उठाउने, मसाज गर्नेजस्ता कार्य दासको जिम्मामा हुन्थ्यो ।

दासहरू को थिए त ? आर्य समाजमा दास प्रथा थियो । सबै वर्णका मान्छे दास हुन पाउँथ्यो । दास हुने पन्द्रह तरिका नारद स्मृतिमा छुट्टै उल्लेख गरिएको छ । दास प्रथाबारे याज्ञवल्क्यको विचार प्रतिलोम व्रmमभन्दा पनि अनुलोम व्रmमवाट लागू हुन्छ । यस विषयमा विज्ञानेश्वरले मिताक्षरीमा व्याख्या गर्दै भनेका छन्, शुद्रको दास केवल शुद्र हुन सक्छन्, तर ब्राद्मणले शुद्र, वैश्य, क्षत्रिय र ब्राद्मणलाई पनि दास बनाउन सक्छन् । एकचोटि दास बनिसकेपछि नियमित कर्तव्यमा जातिको कुनै भूमिका हुँदैन । दास ब्राद्मण होस् वा शुद्र, उसले झाडु लगाउनैपर्छ । एउटा ब्राद्मणले दलितको घरमा झाडु लगाउँदैन, तर आफ्नो मालिक ब्राद्मणको घरमा लगाउँछ । ब्राद्मण, क्षत्रिय र वैश्यले दासको रूपमा अपवित्र काम गर्छन् । यस्ता काम संसारभरि पनि हुने गरेका छन् । जब यो काम ब्राह्मणको लागि घृणित थिएन भने छुवाछूतको आधार व्यवसायजन्य हो भनेर कसरी भन्न सकिन्छ ?

छुवाछूत उत्पतिको मूल कारण बौद्धलाई अपमान :

पछि अछूत मानिएकाहरू पनि सधैँ अछूत थिएनन् । आज पनि हिन्दू समाजको पुराना बस्तीहरूमा दलितहरूका बस्ती गाउँबाहिरै हुन्छन् । दलितका बस्ती गाउँबाहिर कसरी भए होलान् ? यसबारे विभिन्न अध्ययन भएका छन् ।

आर्यहरूको आक्रमण हुनुभन्दा पहिले उनीहरू बौद्ध थिए । हिन्दू समाज निर्माणको क्रममा अस्पृश्यताको कलंक लागेपछि उनीहरूका बस्ती गाउँभन्दा बाहिर भए । बौद्धहरू ब्राद्मणलाई कुनै सम्मान गर्दैनथे । ब्राद्मणलाई कुनै मान्यता दिन इन्कार गर्थे । उनीहरूलाई आफ्नो पुरोहित पनि मान्दैनथे । साथै ब्राद्मणहरू प्नि उनीहरूलाई पसन्द थिएन । कारण उनीहरू बौद्ध थिए ।

ब्राद्मणहरू बौद्धहरूलाई घृणा गर्थे, यसका अनेक प्रमाण छन् । नीलकण्ठको पुस्तक प्रायश्चित मयूखमा मनुको एउटा श्लोक छ, ‘यदि कुनै मान्छेले कुनै बौद्ध, पाशुपत, पुष्प, लोकायत, नास्तिक वा कुनै महापातकको स्पर्श गर्छ त्यो मान्छे स्नान गरेर मात्र शुद्ध हुन्छ ।’ वृद्ध हारीतले नीलकण्ठभन्दा एक पाइला अगाडि गएर भन्छन्, बौद्ध विहारमा जानु भनेको पापी हुनु हो जसबाट मुक्तिको लागि स्नान गर्नुपर्छ । योभन्दा पनि अकाट्य प्रमाण मृच्छकटिकम् नाटकमा छ । नाटकको नायक चारुदत्त बौद्धको दर्शनलाई अपशगुन मान्छ । बौद्ध भिक्षुहरूको हत्या र मारपिट सामान्य घटना मानिन्छ ।

अस्पृश्यताको सम्बन्ध गाईको मासु खानुसँग जोडिएको पाइन्छ । बस्ती गाउँभन्दा बाहिरका बस्तीमा बस्ने मानिसहरू गाई खान्थे । त्यसकै निहुँमा उनीरुलाई अछूत बनाइन्थ्यो । वेदव्यास स्मृतिको श्लोक भन्छ, ‘मोची, सैनिक, भील, धोबी, पुष्कर, व्रात्य, मेड, चांडाल, दास, स्वपाक, कौलिक तथा बाँकी त्यो सबै जजसले गाई खान्थे, तिनलाई अंत्यज भनिन्छ ।’ गाईको मासु खाएकै कारण कसैलाई अछूत बनाइएको हो र ?

ब्राद्मणहरूले गाईको मासु खानेलाई मात्रै होइन, मासु नै नखाने बौद्धलाई घृणाको व्यवहार गरेको देखिन्छ, तर दलितहरूलाई मात्रै किन अछूत बनाइयो त ? दलितलाई मात्र किन अस्पृश्यको कलंक लगाइयो त । के हिन्दूहरूले कहिले पनि गाई खाँदैनथे ? शतपथ ब्राद्मण, ऋग्वेद, आपस्तम्ब धर्मसूत्र, माधव गृह सूत्रजस्ता विभिन्न हिन्दूशास्त्रमा ब्राद्मणहरूले गाईको मासु खाने गरेको तथ्य उल्लेख गरिएका छन् । इतिहासको एउटा कालखण्डमा ब्राद्मण र गैरब्राद्मण सबैले गाईको मासु खाने गरेका थिए । गाईको मासु खाएकै आधारमा ब्राद्मणहरूलाई किन अछूत बनाइएन ? अर्काे प्रश्न पनि उठ्छ, ब्राद्मणहरूले गाई खान किन छाडे ?

सम्पर्क:  rajak.raj62@gmail.com   @Raj62M
(सामाजिक अभियानकर्ता रजक अम्बेडकरी मुभमेन्ट तथा विचारको नजिक छन्)

साभार-दलित रीडर

प्रतिकृया दिनुहोस्