RaraNews

निमेन्द्र शाही प्रकाशित : २०७५/३/३१ गते
५८८ पटक

बाजुरा।  बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलाको एक परिवार ६ वर्षदेखि गाउँ निकालाको उत्पीडन सहन बाध्य छ । साबिकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै व्यवहार गर्न थालेपछि उनले गाउँ छाडे ।

‘गाउँमा बस्न नपाए केही छैन, छोराहरूसँग पनि बस्न नपाउँदा मन पोल्छ,’ गाउँबाहिर बस्नुपर्दाको अमिलो मन सम्हाले पनि गहभरी आँसु पार्दै ६० वर्षीया जयलाल बुढाले भने, ‘मान्छेलाई पानी खुवाउनु पनि पाप हो ? त्यसो भए पुण्य के हो ?’ उनका तीन छोराबुहारीहरू उनीभन्दा टाढा छन् । छोराबुहारीलाई पुरानो घरमा छाडेर उनी गाउँबाहिर छन् । ‘जीवन डुब्न लागेको बेला आफन्तको सहारा चाहिन्थ्यो, यही समयमा छोराहरूसँग बस्दा उनीहरू पनि अछूतको आरोप खेप्न बाध्य हुन्छन् कि भन्ने पीर लाग्छ, उनीहरू पनि यहाँ आउँदैनन्,’ उनले भने ।
सदरमुकामदेखि तीन दिनको पैदल दूरीमा रहेको उक्त गाउँपालिकामा यस्ता विषयको निर्णय ठालू (मुखिया) ले लिन्छन् । अहिले यस्ता समस्या वडा कार्यालय र गाउँपालिकामा पुग्छन् ।

जिल्लामा केही वर्षअघिसम्म दलितको हातको पानी खायो वा दलित केटीसँग विवाह ग¥यो भने उसलाई डुमियो (अछूत) भन्ने आरोप लगाएर गाउँ निकाला गर्ने चलनको सिकार भए बुढा । उनले पुख्र्यौली बस्ती छोडे । यसरी बस्ती छाड्ने र जात नै परिवर्तन गर्नेहरू गाउँमा मनग्गे छन् ।
‘मेरी घरवालीले कवाडीमा बस्दा दलितको हातको पानी खाएको र हामी बस्ने घरको भुइँको तलामा दलित आएको र पानी खाएको देखेपछि गाउँले त्यो दलित केटासँग सल्केको आरोप लगाएर गाउँ छोड या स्वास्नी छोड भने तर मैले गाउँ छोडे,’ उनले भने ।

उनलाई ‘डुम’ भन्दै गाउँमा एक्ल्याए, कुटपिट गरे, धारा, कुला, घट्ट, कुनै पनि ठाउँमा जान नदिएपछि खोलाको किनारामा आएर बसेका छन् ।
नेपालको संविधान २०७२ को धारा २४ ले कसैलाई पनि छुवाछूत तथा जातीय विभेद गर्न नपाइने व्यवस्था छ । तर, बुढा परिवार अझ पनि गाउँ गएर परिवारसँग दुःखसुख साट्ने आँट गर्न सकेका छैनन् । गाउँलेले उनका छोरा बुहारीलाई समेत सँगै बस्न नदिएपछि माइलो छोरो भागेर भारत गएका थिए । उनी अहीलेसम्म घर आएका छैनन् । गाउँलेले पानी भर्न गएका बेला गाग्री तानेर फुटाउँदै यिनीहरूलाई कुनै काममा सहभागी गराउनुहुँदैन भनेको उनकी पत्नी रीमकला बुढाले बताइन् । बुढाको परिवारलाई भेट्न गएका गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लले दम्पतीलाई गाउँमा पुनःस्थापित गर्ने आश्वासन दिए । साभार- राजधानी

प्रतिकृया दिनुहोस्
  • बारपाकका दलित बस्ती पालमुनि

    गोरखा । भूकम्पको केन्द्रविन्दु बारपाकको दलित बस्तीका बासिन्दा अझै पालमुनि छन्। भूकम्पपछिको पहिरोले घरबारी लगेपछि थातथलो छाडेर आरसीयूपीको भवन आसपास बस्न...

    जेठ ६, २०७६
  • विकले परियार विहे गर्दा दलित जनप्रतिनिधिबाटै बहिष्कार

     दलितले गैर दलित विहे गर्दा समाजबाट बहिस्कारदेखि अपमान खेप्नुपरेका समाचार नयाँ होइनन् । तर दलित केटा र दलित केटीबीच विहे...

    बैशाख २२, २०७६
  • जनप्रतिनिधिबाटै कुटिए दलित

    सप्तरी । विवाह गरेको दुई दिन नबित्दै प्रेमीका लिएर भागेका एक युवकका कारण सप्तरीमा आधा दर्जनभन्दा बढी दलित कुटिएका छन्। वडाअध्यक्षको...

    बैशाख २६, २०७६
  • व्यवस्थापन समिति अध्यक्षकै घरमा कुटिए दलित प्रधानाध्यापक

    म्याग्दी । धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष...

    बैशाख १९, २०७६
  • जसको पानी चल्दैन…

    विराटनगर । मोरङको जहदा गाउँपालिका–३, जयरामपुरका घुरण ऋषिदेवकी छोरी रनियाकुमारी र स्थानीय सन्थाल समुदायका लालो मुर्मुले प्रेमविवाह गरे । तल्लो जातिसँग बिहे...

    जेठ ७, २०७६
  • पोखरामा प्रभातफेरी गरेर विश्व स्वच्छ व्यवसायी दिवस मनाइने

    विश्व स्वच्छ व्यवसायी संगठनको आह्वानमा नेपालमा पनि विश्व स्वच्छ व्यवसायी दिवस विभिन्न कार्यक्रम गरी मनाईदै आएको छ । स्वच्छ व्यवसायको...

    बैशाख २७, २०७६
  • छुवाछुतको अँध्यारो तस्बिर

    हाम्रो समाजले निर्माण गरेको भष्मासुर हो, जातीय विभेद र छुवाछुत । महाकाली मेची पदयात्राका क्रममा भेटिएका सयौँ तथ्य एवं दृष्टान्तले यसको...

    बैशाख १८, २०७६