RaraNews

प्रकाशित : २०७७/८/३ गते
५८ पटक

गणेश विश्वकर्मा – नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको छ । समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको सम्झौताहिन ७ दशक लामो संघर्षलाई कसैले इन्कार गर्न मिल्दैन । यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने गालिगलौज, निन्दा भत्र्सना, आरोप–प्रत्यारोप र पार्टी विभाजनसम्मका कटूतापूर्ण मात्र होइन शत्रूतापूर्ण स्थिति सार्वजनिक सञ्चारमाध्यमबाट सुन्दा आम पार्टी कार्यकर्ता मात्र होइन कम्यूनिष्ट पार्टीको सुविधायुक्त सरकारबाट आफ्ना पुस्तौंदेखिका अपेक्षालाई विस्कुनझैं छरेर बसेका करौडौं नेपाली जनतामा निरासाको बादल मडारिएको छ । पार्टीलाई बलियो बनाउने एवं पार्टीभित्र उठेका वैचारिक र राजनीतिक सवाललाई समयमा हल गर्न पार्टी नेतृत्वमा देखा परेको आपसी हठ, तिक्तता र अस्वस्थ प्रवृत्तिलाई पन्छाएर पार्टीलाई एकताबद्ध र कृयाशील बनाउने विषयमा ध्यान केन्द्रित हुनुपर्दछ । अहिले नेकपामा देखा परेको समस्या भनेको नेताहरु बीचको असझदारी, अनेकता र विवाद मात्र नभई आपसी संयोजनकारी भूमिकाको अभाव समेत हो ।
नेकपाको एकतापश्चात पार्टी केन्द्रीय कमिटीले भने अनुसार ६ महिना, स्थायी कमिटीले भने अनुसार १५ दिन, सचिवालयले भने अनुसार १० दिनभित्र एकताका सम्पूर्ण कामहरु पूरा गर्ने संकल्प पूरा हुन नसक्दा सरकार संचालन गरिरहेको पार्टी जनतासंग जोडिन सकेको छैन । भने झण्डै २ दर्जन जनवर्गीय संगठनहरु वर्गीय आन्दोलनबाट टाढा हुन पुगेका छन् । यतिमात्र होइन कार्यकर्ताबीच पार्टीको क्रान्ति र आर्थिक सामाजिक प्रगतिशील रुपान्तरणसम्बन्धी दृष्टिकोणहरू, कार्यदिशा, नीति, सिद्धान्त र पार्टीको सङ्गठनात्मक सिद्धान्त, कम्युनिष्ट नैतिकता, आचरण, व्यवहार, सरकार संचालन तथा जनप्रतिनीधिहरुको भूमिका तथा पार्टी अनुशासनलगायतका सम्बन्धमा संघन र व्यवस्थित प्रशिक्षणको खाँचो यथावत छ ।

गतिशील कम्यूनिष्ट पार्टीमा बहस अनिवार्य हुन्छ तर बहसलाई माक्र्सवादी साँचोमा ढाल्न सकिएन भने अराजकता उत्पन्न हुन्छ । सिद्धान्त विनाको व्यवहार र व्यवहार विनाको सिद्धान्तका मिठा कुराले उत्पीडित गरिब जनताको पेट भरिदैन । अतः परिवर्तित सन्दर्भमा आधारभूत वर्ग र तहबाट आएका कार्यकर्ता पंङतिलाई आफ्नै खुट्टामा उभिएर पार्टी काम गर्ने वातावरण सृजना नगर्ने हो भने उनीहरूलाई पार्टीमा टिकाउन निकैै कठिनाई हुने निश्चित छ । भने जहाँबाट जसरी भएपनि आवश्यकता पूरा गर्ने उपभोक्तावादी प्रवृत्तिले प्रोत्साहन पाउँनेछ । त्यति मात्र होइन, यो प्रवृत्तिलार्ई रोक्न सकिएन भने पार्टी बिस्तारै हुनेखाने वर्गको पार्टीमा बदलिने गम्भीर खतरत सिर्जना हुनसक्छ । आजपनि नेकपामा लाखौंलाख वर्गीय तथा उत्पीडित समुदायका कार्यकर्ताहरूको ठूलो हिस्सा रहेको छ । यो वर्ग समुदायको पार्टीमाथि आफ्नो विश्वास टुटेको छैन । यदि यो विश्वास टुट्न गयो भने यो वर्गसमुदाय विभिन्न बहानामा हामीबाट क्रमशः टाढिदै जाने खतरा हुनेछ । अझ फरक फरक विचार समूहको नाममा अवसरवाद, पदलोलुपता, अस्वस्थ प्रतिष्पर्धा, चाकडी, चाप्लुसी र गुटबन्दी जस्ता गलत प्रवृतिहरू हाबी भएका छन् ।

आफू रहेको समूह वा गुटमा नभएको जतिसुकै त्यागी र योग्य नेता वा कार्यकर्ता भएपनि त्यसको सम्मान नगर्ने, आफ्नो मनपर्ने नेताहरूलाई अनावश्यक चुलीमा पु¥याउने र मन नपरेका नेताहरूलाई अनावश्यक रूपमा खुइल्याउने आदि प्रवत्तिहरूको सीमा छैन । नेकपा र अन्य पार्टीका कार्यकर्ता तथा पार्टी संचालन प्रक्रियामा तात्विक फरक नदेखेपछि स्थानीय तहमा पलायन, निराशा र लक्ष बिहीनताको स्थिति पैदा भई पर्साको जस्ता अकल्पनीय घट्ना को जन्म हुन थालेका छन् । नैतिक एवं साँस्कृतिक जीवनमा पाइने यस्ता विकृति र विसङ्गति हटाउन पार्टीमा वैचारिक संघर्षका साथसाथै संस्थागत प्रयत्नलाई सशक्त बनाउन आवश्यक छ । पार्टी एकता घोषणाका बखत पार्टी नेतृत्वबाट दुई वटा खोला मिसिदा अलिक तलसम्म केही समयका लागि पानी धमिलो नै रहन्छ भन्नु भएको थियो तर त्यो कति तलसम्म र कति समयसम्म धमिलो रहन्छ भन्ने निक्र्योल गर्ने बेला भइसकेको छ । आफ्ना महाधिवेशनबाट निर्वाचित जनवर्गीय संगठनको नेतृत्वको घोषणा सामाजिक न्यायका आधारमा नभई मत्स्यन्यायका आधारमा गरियो । एकता सम्पन्न गरिएका भनिएका जनवर्गीय संगठनहरुको एकता प्रक्रियामा चित्त बुझ्दो मापदण्ड अबलम्वन नगरिदा पार्टी एकताका बखत गठन भएका कार्यदलहरुको सिफारिश अनुसार एकता सम्पन्न गरिएका जनसंगठनहरुमा समेत आफ्ना भनिएकाहरुको बहुमत नभएकाले एकताको घोषणा गर्न बाँकी छ । यसबीचको अनुभव हेर्दा संगठनहरुको एकता प्राथमिकतामा पनि देखिदैन बरु पर्ख र हेरको रणनीति लिएको अनुभूति हुन्छ ।

गतिशील कम्यूनिष्ट पार्टीमा बहस अनिवार्य हुन्छ तर बहसलाई माक्र्सवादी साँचोमा ढाल्न सकिएन भने अराजकता उत्पन्न हुन्छ । सिद्धान्त विनाको व्यवहार र व्यवहार विनाको सिद्धान्तका मिठा कुराले उत्पीडित गरिब जनताको पेट भरिदैन । अतः परिवर्तित सन्दर्भमा आधारभूत वर्ग र तहबाट आएका कार्यकर्ता पंङतिलाई आफ्नै खुट्टामा उभिएर पार्टी काम गर्ने वातावरण सृजना नगर्ने हो भने उनीहरूलाई पार्टीमा टिकाउन निकैै कठिनाई हुने निश्चित छ ।

माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मान्दै साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले विगतमा लिएका कार्यदिशाको वस्तुनिष्ट मूल्याङ्कनका आधारमा दुवै कार्यदिशाको सारतत्वलाई ग्रहण गर्दै समाजवादी रणनीतिलाई समेत ध्यान दिएर समाजवाद उन्मुख जनताको जनवादलाई संस्थागतरुपमा स्वीकार गरिसकेको र गत भदौमा सम्पन्न स्थायी कमिटीको बैठकले पुर्नपुष्टी गरिसकेको सन्दर्भमा जडसूत्रवादको शैलीमा स्वामित्व लिएको देखिन्न । २०७६ भदौं २६ मा सम्पन्न चर्चित स्थायी कमिटीको बैठकबाट जारी अपानि र २०७५ माघमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकमा आत्मालोचित हुँदै विधान बमोजिम कमिटीका बैठकहरु गर्ने, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको पद्धतिलाई आत्मसात गर्दै सबै समस्याको समाधान गर्ने, आचारसंहिता परिमार्जन गर्ने, केन्द्रीय निकाय, विभाग र जनसंगठन एकीकरणको काम सम्पन्न गर्ने भन्ने निर्णय इमान्दारीपूर्वक कार्यान्वयन नगरी पुनः पार्टी नेतृत्वमा उही पुरानै प्रवृति दाहोरयाउने काम भयो । नेपालको संविधानको मार्गदर्शन अनुरुप समाजवाद उन्मुख सामाजिक र आर्थिक रुपान्तरणको आधार निर्माण गर्ने सरकारको मूल जिम्मेवारी पूरा नभई आज पनि दलित, महिला, जनजाति, मधेशी, मुश्लिम, किसान, मजदूर, यूवाविद्यार्थी, कोभिडबाट त्रायीमानहरुको समस्याको समाधानका विषयमा डेलिभरी दिने त परै जाओस पार्टीभित्र सोको उपायका विषयमा छलफल समेत भएको छैन ।
आज पार्टी नेताहरुमा पार्टी कमजोर भए पनि आफू र आफ्नो विचार समूह बलियो भएपछि कुनै चिन्ता छैन भन्ने भ्रम पालेको देखिन्छ । सिद्धान्ततः कम्युनिष्ट पार्टीमा नेता होइन निति प्रधान हुने भएको हुनाले वर्तमान अन्तरविरोध अर्थात द्वन्दको समाधानको उपाय भनेको फेरि पनि बिचार, आचरण र आदर्शलाई जीवन्त राख्दै पार्टी एकतालाई जोगाउनु नै हो । यसका लागि पहिलो, पार्टी एकताका बाँकी सम्पूर्ण कामहरु छिटोभन्दा छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध गर्नुपर्दछ । दोस्रो, नेकपाको कार्यकर्ता पङ्तिमा पार्टी र विचारभन्दा पनि एउटै तहका नेतामध्ये कसैलाई देबत्व ग्रहण गर्ने अनि कसैलाई अश्लिल शब्द प्रहार गरेर रातादिन दुत्कार्ने प्रवृति विकास भएको छ । कम्युनिष्ट पार्टीभित्रका यस्ता प्रवृति समयमै सुधार्न सकिएन भने पार्टी विभाजन मात्रै होइन नेपालको कम्युनिष्ट आन्दोलन नै धारासायी हुने खतराबाट पार्टीलाई जोगाउनु पर्दछ । तेस्रो, पार्टी विधान र पार्टीका बैठकहरुबाट सर्वसम्मत पारित भएका निर्णयहरुलाई प्रभावित गर्ने खालका गतिविधिहरुलाई सहमतिमा सच्याउँदै पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गर्नुपर्दछ । चौथो, नेतृत्वबीचको अनेकता, विवाद, गुटबन्दी, पक्षधरतालाई अविलम्ब अन्त्य गरिनुपर्दछ । चौथो, नेकपाका स्वयं पार्टी अध्यक्षको नेतृत्वमा नै सरकार भएको हुनाले पार्टीले सरकार संचालन गर्ने कि सरकारले पार्टी संचालन गर्ने भन्ने कम्यूनिष्ट विरोधी अनावश्यक विवादलाई तत्काल अन्त्य गरिनुपर्दछ । पाचौं, आलोचना–आत्मालोचनाको पद्धतिलाई पुनर्जीवित गर्दै संस्थागत परिपाटी र सामूहिक नेतृत्वको पद्धतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने र थातिरहेका काहरु आगामी एकताको महाधिवेशनबाट सम्पूर्णरुपमा हल गर्ने गर्ने दिशामा पार्टी हिम्मतपूर्वक अगाडि जानुपर्दछ ।

लेखक : साविक नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा मुक्ति समाज नेपालका महासचिव हुन ।

साभार : दलित अनलाईन

प्रतिकृया दिनुहोस्