RaraNews

प्रकाशित : २०७८/३/३१ गते
१८८ पटक

मनसुन शुरु भएसंगै हरेक वर्ष देशका बिभिन्न भागमा मौसमजन्य बिपद् बाढी,पहिरो ,डुवान लगायतका समस्या दोहोरी रहन्छन । सन् २०३० सम्म बाढी पहिरोको जोखिम पूर्ण कम गर्ने बताईएको छ । तर मौसम जन्य क्षतिबाट भने हरेक वर्ष जनधनको क्षति हुदै आएके छ । अहिले पनि मनशुन शुरु भएसंगै देशका बिभिन्न ठाउँमा जनधनको क्षति भैरहेका खबर आईरहेका छन । पछिल्लो अवस्था र भैरहेको प्रयासबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव तथा प्रवक्ता विश्वप्रकाश अर्यालसंग कुराकानी गरेका छौ ।


मौसमजन्य बिपद्को पछिल्लो अवस्था कस्तो छ ?


जेष्ठ २८ गते बाट मनसुन सुरु सँगै ४३ जिल्ला प्रभावित हुन पुगेको छ २५० वटा घटना घटेको जानकारी प्राप्त भएको छ । जसमध्ये ४२ जनाको मृत्यु भएको छ भने ३१ जना वेपत्ता र ५० जना घाइते भएको विवरण आएको छ । त्यसैगरी ५२३ वटा घर पूर्णरुपमा क्षति भएको र ९० घर आंशिक क्षति भएको विवरण प्राप्त भएको छ जस अन्र्तगत ३७ वटा सरकारी कार्यालयको भवनमा, ९ वटा सामुदायिक र विद्यालय भवन, २५ वटा झुलुङ्गे पुल, १६ वटा पक्की पुल र २५ वटा हाइड्रो पावरमा ठूलो सानो क्षति हुन पुगेको छ, काठे पुल ४ वटा र संस्थाको भवन २ वटामा क्षति पुगेको छ । पहाडि जिल्ला बढि प्रभावित भएको छ भने जनधनको हिसाबले सिन्धुपाल्चोक नै बढि प्रभावित हुन पुगेको छ । त्यसैगरी मनाङ जिल्लामा पनि प्रभावित भएको छ तर सबैभन्दा बढि भनेको सिन्धुपाल्चोकमा ५ जना को मृत्यु भएको छ भने कति जना अझैपनि वेपत्ता भएका छन् र डोटीमा ४ जनाको मृत्यु भएको छ गोरखामा ४ जनाको मृत्यु भएको छ । जो जोखिम क्षेत्रमा बसेको छ, त्यस्ता समुदाय प्रभावित भएको छ । जातीय, वर्गिय विवरण सङ्कलन गर्ने क्रम छ त्यसरी प्राप्त भइसकेको अवस्था छैन ।


तथ्याङको कुरा गर्दा कुन समुदाय बढि प्रभावि छन ? कुन ,कुन स्थान जोखिममा छन ?


खासगरी बालबालिका, महिला, जेष्ठ नागरिक, दलित, आदिवासि जनजाती,उत्पीडित वर्ग प्रभावित हुने हुन्छ । तथ्याङक सङ्कलन गर्ने क्रममा सम्बन्धित व्यक्तिहरु नभेटिने त्यस्तो अवस्थाले अहिले तथ्याङ संकलनमा केहि जटिलता चुनौतीहरु सृजना भएको छ । अब यो स्थानीय तहसँग समन्वय गरेर यसलाई कसरी प्रणालीमा विकास गर्न सकिन्छ भनेर सुरुवात गरेका छौं र सबै निकायमा पहल पनि गरि राखेका छौं यसो गर्दा भनेको जस्तो तथ्याङ पाउन सकिन्छ । जोखिमको कुरा गर्दा पहाडि जिल्लाहरु बढि प्रभावित भएका छन ।


यहाँहरुले तत्काल राहत र उद्धारमा के गर्नु भा छ ?

उद्धारको क्रममा सुरक्षा निकाय खटिने अवस्था रहन्छ भने राहतको समयमा सम्बन्धित स्थानिय तह र हामी आफ्नो क्षेत्रबाट पनि विभिन्न सामग्रीहरु टेन्ट, त्रिपाल, कम्मलहरु नपुगको अवस्थामा यहाँबाट पठाएर व्यवस्थित गरेको अवस्था छ ।


अब पुनस्थापनाको लागि के पहल भैरहेको छ ?

तत्कालको लागि अस्थाई आवास निर्माण गर्न भनेर नेपाल सरकारले प्रतिपविारको लागि ५० हजार र पुननिर्माणका लागि तराई जिल्लाको हकमा ३ लाख, पहाडी जिल्लाको हकमा ४ लाख र हिमाली जिल्लाको हकमा ५लाख पुननिर्माण अनुदान दिने व्यवस्था पनि छ । प्रभावित जिल्लाहरुमा क्षति भए अनुरुप विवरण पठाउन अनुरोध गरेका छौ । विवरण प्राप्त हुनासाथ तत्काल अस्थाई आवासको लागि हामी सम्बन्धित जिल्लाको विपद व्यवस्थापन समिति कोषमा रकम निकासा गरी रकम बैंक खातामा पठाउँछौं र आवासका लागि अस्थाई संरचना निर्माण गरेर बस्ने व्यवस्था हुन्छ , मनसुन सकिए पछि लगतै पुननिर्माणका काम थाल्नु हुन्छ ।


पुननिर्माणका लागि के के मापदण्ड छन ?


वडा समितिले सिफारिस गर्छ र नगरपालिका , गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउँछ । घर पूर्णक्षति, आंशिक क्षति के कस्तो छ भनेर । अस्थाई आवासको लागि तत्काल त्यो विवरण मागेका छौं । तीन वटा विभाजनमा काम हुन्छ भने अस्थाई आवासको लागि फल्नो फल्नो व्यक्तिको फल्नो घरकोे क्षति भएको भन्ने आयो भने तत्काल हामी रकम निकासा गर्न तयार छौ ।

गतवर्ष पनि सिन्धुपाल्चो,बाग्लुङ लगायतका जिल्लाहरुमा थुप्रै ठाउँ स्थानान्त्रण गर्ने कुरा थियो , स्थानान्तरणकोकुरा के भैराछ ?

वर्षैदेखि बस्दै आएका उनीहरुको जीविकोपार्जन र रोजगारीसँग पनि त्यो ठाउँको महत्व जोडिएको हुन्छ । यस विषयमा थुप्रै चुनौतीहरु छन । हामीलाई कार्यक्रमको निकासा गर्न कुनै समस्या छैन । स्थानान्त्रणको काम स्थानीयतह र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा त्यो ठाउँ र स्थानको व्यवस्था भयो भने घरहरु निर्माण गर्न सकिने अवस्था हुन्छ । जसको घर जोखिममा छ , उहाँहरुलाई त्यहाँ बस्न उपयुक्त छैन । अन्यन्त्र जग्गा जमिन छैन भने पनि नेपाल सरकारले ३ लाख रुपैयाँ जमिन खरिद गर्न उपलब्ध गराउने व्यवस्था गरिएको छ । पुननिर्माण पुनस्थापनालाई प्रवलीकरण गर्न अहिले सम्म ३९४९ घर लागि हामी १९ करोड ९५ लाख रुपैया सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको बैंकमा निकासा गरी सकेको अवस्था छ । स्थानिय तहले स्थान पहिचाहन गर्ने र समुदायलाई मन्जुर गराउने हे भने यो काम चाडै हुन्छ । अन्य निकायसंग समन्वय गराउने र प्राविधिक सहयोग गर्ने कुरामा माग अनुसार हामीले पनि समन्वय र सहयोग गर्दै आईरहेका छौ ।


अब मौसमजन्य बिपद्बबाट हुने क्षति कम गर्न प्राधिकरणले के गर्दैछ ?

जनचेतना लाई अभिवृद्धि गर्ने, र बाढी र पहिरोको र्पुवसुचना प्रणलीलाई व्यवस्थित गराउनुका साथै पूर्वसुचना /जानकारी गराउने व्यवस्थाको रुपमा भईरहेको छ । नदि क्षेत्रको पूर्वसूचना प्रणालीलाई सुधार गराउदै लैजाने छौ । अहिले पनि काम हुदै नभएको होईन । हामीले पहिरोजन्य पुर्वसुचना प्रणाली यो वर्ष ९ वटा जिल्लाको गाउँपालिका बाट सुरु गरेका छौ । नदिको किनारमा कटान भईरहेको छ भने सचेत गराउने काम भैरहेको छ । अझै पनि पुर्वसुचना प्रणालीमा सुधार गर्दै लैजानु पर्छ ।

प्रतिकृया दिनुहोस्